काठमाडौँ:= ‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेशनल नेपाल २०२३’को उपाधि आजमा महर्जन र लिली महर्जन सुवालले जितेका छन् । प्रतियोगितामा आजमाले मिस र लिलिले मिसेज तर्फको उपाधि हात पारेका हुन् । विजेता दुवैले विभिन्न अवसर र उपहार समेत प्राप्त गरेका छन् ।
दुवै विजेताले आगामी नोभेम्बरमा थाइल्यान्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए । हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्त्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन उद्देश्यले आयोजना हुँदै आएको छ ।
प्रतियोगितामा मिस तर्फ दीपिशा तामाङ फष्टरनरअप र पूर्णिमा शाही ठकुरी सेकेन्ड रनरअप बन्दा मिसेज तर्फ पुनम थापा लुइटेल फष्ट रनरअप भइन् । अन्य सौन्दर्य प्रतियोगिता भन्दा र हेरिटेज र संस्कृतिका विभिन्न झल्को दिने प्रस्तुति सहित सुरु भएको प्रतियोगिता हेरिटेज गार्डेन सानेपा, ललितपुरमा आयोजना भएको थियो ।
अनुष्मा रायमाझी (मिस इको २०२० र मिस इको इन्टरनेशनल २०२०), राजभाई सुवाल (भेट्रान फोटोग्राफर) सरिता श्री ज्ञवाली (मिडिया पर्सन), सन्तोष सापकोटा चियर पर्सन इप्लानेट, फाउन्डर हेरिटेज पेजेन्टस्) प्रतियोगितामा निर्णायक रहेका थिए ।
नेपालका लागि इथियोपियाको मानार्थ महावाणिज्य दूतावास ÷ पूर्व गभर्नर लायन्स क्लब इन्टरनेशनल डिस्ट ३२५ एफ ÷ उद्योगी तथा समाजसेवी डा. राजेन्द्र गिरी मुख्य अतिथि रहेको प्रतियोगितामा पत्रकार, सामजसेवी, बुद्धीजिवी लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा मोष्ट फोटोजेनिक दीपिशा तामाङ, मोष्ट ट्यालेन्ट प्रगति भट्टराई, मोष्ट पपुलर पुनम थापा लुइटेल, मोष्ट डिसिप्लेन सोनु भुसाल, वेस्ट इभिनिङ क्लाउण्ड पूर्णिमा शाही ठकुरी, वेस्ट पफमर आजमा महर्जन, वेस्ट स्माइल, र वेस्ट चामिङ पर्सनालिटी लिली महर्जन सुवाल, मोष्ट पङ्च्युअल कृष्णला शाह, वेस्ट हेयर आशिका परियार बनेका थिए ।
१२ प्रतियोगी रहेको प्रतियोगितामा सबै प्रतियोगी विभिन्न दर्जन बढी प्रशिक्षण सहित फाइनल स्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिइन् ।



















