आफ्नो सांगीतिक टुर ‘रेनासा’लाई  चलचित्रका रूपमा सार्वजनिक गर्ने तयारीमा गायिका बियोन्से।

एजेन्सी:= प्रसिद्ध अमेरिकी गायिका बियोन्सेले आफ्नो चर्चित सांगीतिक टुरलाई चलचित्रका रूपमा सार्वजनिक गर्ने हुनुभएको छ । उहाँले आफ्नो सांगीतिक टुर ‘रेनासा’लाई  चलचित्रका रूपमा सार्वजनिक गर्न लाग्नुभएको हो ।

भेराइटी म्यागजिनका अनुसार चर्चित अमेरिकी मल्टिप्लेक्स एएमसीसँग मिलेर बियोन्सेले यो टुरलाई दर्शकमाझ ल्याउन लाग्नुभएको हो ।

सन् २०२३ मा बियोन्सले गरेको उक्त टुरले विश्वव्यापी उच्च कमाइ गरेको थियो । यो चलचित्रलाई आगामी डिसेम्बर १ मा रिलिज गर्ने तयारी छ । टुरको अन्त्यसम्म यो विश्व टुरको अन्तर्राष्ट्रिय बजारमा ५६० मिलियन डलरको टिकट बिक्री हुने अपेक्षा छ ।

यसअघि गायिका टेलर स्वीफ्टले चर्चित इरास टुरलाई चलचित्रमा ल्याउने तयारी गरेको जनाउनुभएको थियो । बियोन्सेले टेलरके कदमलाई पछ्याएको चर्चा भइरहेको छ ।