युक्रेनलाई सहयोग जारी राख्न अब धेरै समय छैन : राष्ट्रपति बाइडेन।

वासिंटन:= अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताउनुभएको छ । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताउनुभएको हो ।

यद्यपि राष्ट्रपति बाइडेनले अमेरिकी कांग्रेसलाई चेतावनी दिँदै समय घर्किंदै गइरहेको चेतावनी दिनुभयो । ‘युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौं’, शनिबार अबेर कांग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रुजबेल्ट रुमबाट बाइडेनले भन्नुभयो ।

‘हामीसँग समय छ, धेरै समय छैन र तत्कालका लागि अधिक भावना छ’, सहयोग बिलको समय मध्य नोभेम्बरम्मका लागि मात्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो ।नउहाँले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कांग्रेसलाई आग्रह गर्नुभयो ।

‘सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्र्याट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रूर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ’, राष्ट्रपति बाइडेनले कांग्रेसलाई भन्नुभयो, ‘खेल बन्द गरौं र युक्रेनलाई सहयोग गरौं ।’

तर, अधिकांश विधायकले युक्रेन सहायताका लागि कांग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिँदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन् । युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ ।

रासस/एपी ।