RC उम्मेद्बार भट्टराई जापानमा श्रमिकका समस्या सुनुवाइ तथा सम्बोधन भिन्न राज्य समितिमा अन्तक्रिया ।

गैर-आवासीय नेपाली संघको अक्टोबरमा हुन लागेको ११ औं महाधिवेशनको तयारी भैरहदा विभिन्न पदमा उम्मेद्बार दर्ता संगै उम्मेद्बारहरु आफ्नो पक्षमा मत संकलन गर्न आफ्ना भिजन एजेन्डा सहित विभिन्न देस दौडाहामा छ्न।

एसिया प्यासिफिक क्षत्रीय संयोजक RC मा मलेसिया बाट उम्मेद्बारी घोषणा गरेका हरि भट्टराई एतिबेला जापान का विभिन्न सहर हरुमा आफ्ना एजेन्डा सहित जानुभएको छ ।

२०१९ -२०२१ मा रास्ट्रीय संमन्वय परिषद मलेसियाको अध्यक्षको हुदै २०२१- २०२३ मा एसिया प्यासिफिक क्षत्रीय उप-संयोजक (DRC) रहेर काम गरिसकेका भट्टराईले २०२३ -२०२५ को लागि एसिया प्यासिफिक क्षत्रीय संयोजक (RC) मा उम्मेद्बार दर्ता गराए संगै आफू एसियाली देशहरु भ्रमणमा निस्किएको उहाले बताउनुभयो ।

रास्ट्रीय संमन्वय परिषद मलेसियाको अध्यक्ष हुदा भट्टराई ले ब्यक्तिगत रुपमा मलेसियान ५०,०००/- ( पचाँस हजार ) रिङ्गेट दिएर श्रमिक कल्याणकारी कोष खडा गरेका थिए जस्बाट हजारौंको सङ्ख्यामा नेपाली श्रमिकको उद्वार तथा राहात भएको थियो र अहिलेसम्म पनि तेहि कोष बाट श्रमिकका समस्या समाधान हुँदै आएका छ्न।

भट्टराईले ब्यक्तिगत रुपमा श्रमिकहरुको लागि रास्ट्रीय संमन्वय परिषद मलेसियामा स्थापना गरेको र श्रमिक कल्याणकारी कोष अहिलेसम्मकै मलेसियाको ठुलो र पहिलो कोष हो। अफ्ठ्यारोमा परेका श्रमिक हरुलाइ सहयोग गर्दै आएका भट्टराई कोभिड को पेन्डामिक मा होस या श्रमिकलाई अफ्ठ्यारो परेका अबस्थामा होस वा श्रमिकको हक अधिकार सुनिस्चित गराउने सवालमा होस कसैसङ सम्झोता नगरि काम गर्ने ब्यक्ति को रुपमा मलेसियामा चिनिन्छ्न ।

भट्टराई रास्ट्रीय संमन्वय परिषद मलेसियाको अध्यक्ष हुनु अगि संघको साधारण सभा गोष्ठी र संघका मिटिङ हरु कहिले दूतावास को सभाहल मा त कहिले भाडाको रुममा त कहिले रेस्टुरेन्ट हरुमा सिमित थियो भट्टराई कै कार्याकाल मा संघ को आफ्नै अफिस स्थापना गरि अफिस ब्यबस्थापन गरेका थिए एस कारण पनि भट्टराई मलेसियामा सबैको सर्बप्रीय छ्न।

कोभिड 19 को महामारीमा हजारौं सङ्ख्यामा मलेसियामा रहेका नेपाली श्रमिकको उद्वार तथा राहात मा खटेका उनि श्रमिकको होस्टेल होस्टेल पुगेर सहयोग तथा राहात सामाग्री बितरण गर्दै आएका भट्टराईले सयौंको सङ्ख्यामा जेल जीवन बिताइ रहेका नेपाली श्रमिकहरुको उद्वार तेस्तै विभिन्न कारण मलेसियामा मृत्यु भएका नेपाली हरुको सव फिर्तामा सहयोग गरेर मलेसियामा रहेका श्रमजीवीबर्गको मन जित्दै आएका छ्न ।

महाधिवेशनको तयारी भैरहदा उम्मेद्बारी दर्ता पश्चात् भट्टराई थाइल्यान्ड हुँदै जापान भ्रमणमा निस्किएका थिए । जापानमा गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष नवीन न्युरे रे बिमानस्थल मै पुगेर स्वागत गरेका थिए ।जापान रहदा त्यहाँ रहदै आएका गैर-आवासीय नेपाली साथीहरू विभिन्न संघ सस्थाका साथिहरु राजनीति दलका भात्री संगठन, नेपालका विभिन्न भेगिय सस्थाहरु
र जापानका विभिन्न सहर हरुमा रहेका क्षेत्रीय समिती हरुले भट्टराईलाई भब्य स्वागत गरेका थिए ।

गैर आवासिय नेपाली संघ जापानका अध्यक्ष नवीन न्युरे  बिमानस्थल मै पुगेर स्वागत 

Fukuoka राज्य समितीले द्वारा RC उम्मेद्बार भट्टराई लाइ स्वागत

Nagoya राज्य समितीले द्वारा RC उम्मेद्बार भट्टराई लाइ स्वागत

Osaka राज्य समितीले द्वारा RC उम्मेद्बार भट्टराई लाइ स्वागत

गुल्मीली सेवा समाज द्वारा टोकीयोमा स्वागत

जापान बाटै क्षत्रीय संयोजक RC मा उम्मेद्बारी दिएका उम्मेद्बार हरु समेत नपुगेका राज्य हरुमा RC उम्मेद्बार हरि भट्टराई पुगेर तेहाका श्रमिक साथीहरूका समस्या उपर छलफल गरि सबैको मन जितेका छन । जापानमा रहेका साथीहरूको सद्भावपुर्ण स्वागतले आफुमा हौसला र श्रमिकका साझा मुद्वा उपर काम गर्ने छुट्टै प्रेरणा मिलेको बताउदै जापान बाटै उम्मेद्बारी आफ्ना एजेन्डा हरु सुनाउदै संघभित्रका साथीहरूलाई
२०२३ -२०२५ को RC मा भोट दिएर बिजय गराउन अपिल गर्नुभएको छ ।