एक असल र विकसित देश मलेसिया, तर यहाँ कार्यरत नेपाली चारैतिर बदनाम किन ?

[ लेखक : बाशुदेव भरत भट्ट ] 

वैदेशिक रोजगारको ठूलो हिस्सा लगभग ६ लाख नेपालीलाई रोजगार दिने देश हो मलेसिया , तर यहीँ मलेसियामा काम गर्ने नेपाली श्रमिक , लगायतका ब्यक्तिहरुले नेपालमा नाम र बदनाम दुबै कमाएको पाईन्छ। भौगोलिक दृष्टिले रमणीय  उष्णकटिबंधीय क्षेत्र भएकाले बर्षभरी एकै समान तापमान भई १२ महिना एकनासको हावापानी पाईन्छ। यताको अर्को बिशेषता के हो भने, यताको स्थानीय देशबासी हरु सार्है मिजासिलो सरल र मिलनशार स्वभावका हुन्छ्न अनि धेरै नेपाली कामदार भएकाले पारिवारिक माहोल सहजै बनाउन सकिन्छ । तसर्थ एकपटक मलेसियामा राम्रो ठाउँमा रोजगार गरेको मान्छे अरु देश जान चाहदैन ।

मलेसिया एक नेपाल देशलाई मात्र न भैइ ईण्डोनेशिया , म्यानमार , भियतनाम , पाकिस्तान , भारत , श्रीलंका , बङ्ग्लादेश लगायत विश्वका लाखौंलख कामदार लाई काम दिने एक सक्षम विकसित र अशल देश हो ।नेपालको ठूलो रेमिटेन्सको हिस्सा ओगटेको मलेसियामा कार्यरत नेपाली कामदार नेपालमा भने बदनाम भएको पाईन्छ । हुन त कैयौं देशमा यस्ता घटना न हुने हैनन तर जानीजानी कामदार हराउने देश भने मलेसिया हो भन्दा फरक न पर्ला ! नेपाली कामदार मलेशियामा किन असुरक्षित छ्न ? तिनीहरुको श्रम सुरक्षित छ कि छैन ? के नेपाली कामदार श्रम मापदण्ड अनुरुप मलेसिया आएको छ ? वैदेशिक रोजगारमा भैईपरी आउने घटनाको लागि नेपाल सरकार सङ्ग पुर्व तयारी तथा जोखिमपुर्ण काम र क्षेत्रको सुची छ ? यस्ता सयौं प्रश्न म जस्ता हजारौं श्रमिकको मनमा छ्न । देशको चरम गरिबी , बेरोजगारी , राजनीतिक खिचातानी , महङ्गी तथा अव्यवस्थित जिन्दगी का कारण एकदिनमा हजारौं ले देश छोड्छ्न तर नेपाल छोडे देखि फर्किदा सम्म देश र परिवारको माया उत्तिकै बोकेका हुन्छ्न । यति देशको माया हाम्रो साशकबर्ग , नेतालाई लाग्ने भए उनीहरु कहिल्यै बैमान हुन्थेनन होला ।देश र परिवारको माया के हो एकपटक देश छोडी हेर्नुस । अथवा परदेशमा बस्नेलाई सोध्नुस् ।

मलेसियामा कतिका सपना साकर बन्छ्न कतिका अस्ताउछ्न भने कति  त देश नै फर्कदैनन । यता महङ्गी बढेको छ तलब बढेको नाममा कयौं दलालले मलेसिया पठाउने प्रलोभनमा लाखौ लुटेका छ्न तर तलब जति बढ्यो त्यति नै महङ्गी अनि ओभर टाइम कन्ट्रोलले उल्टो कामदारको ढाड सेकेको कुरा लुटुवा नेपाल सरकारका दलाल लाई थाहा हुदैन जस्को कारण कयौं मान्छे अलपत्र परेका छन । मलेसियामा महिनौं पिच्छे कुनै न कुनै कामदार हराएको सूचना आउँछ भने कयौं कामदार कम्पनी छाडेर भाग्ने गर्द्छ्न । आखिर किन मलेसियामा कामदार हराउछ्न त हेरम ।

मलेसियामा मान्छे हराउने कारण के त ?

१- अपरिपक्वता : नेपालमा प्राय वैदेशिक रोजगारमा जाने युवाहरु २२ बर्ष भन्दा मुनिको पाईन्छ । आमाबुबा ले ओछ्यान मै खाना खुवाएर पालेको छोरा पहिलोपटक घरबाट निस्किदा उस्लाई सहि गलत तथा जिम्मेवारीको आभाष हुन्न फलस्वरूप विभिन्न कुलतमा फसेर यतै हराउने गरेको पाईन्छ ।
२- बिलासी जीवनशैलि : नेपालको तुलनामा मलेसियाको जिवनशैलि फरक पाईन्छ यता बेरोजगारी छैन तन र बल रहुन्जेल काम पाईन्छ र काम अनुसार पैसा पनि जस्ले मान्छेले चाहेको सबै आवश्यकता सहजै पूरा गर्न सक्छन।यहि जिवनशैलिमा बिगत भुलेर कैयौं मान्छे यतै हराएको पाईन्छ ।
३-  अशिक्षा : मलेसिया रोजगारिमा आउने युवाको शिक्षा साक्षरता दर एकदमै कम पाइन्छ , जसले गर्दा उनीहरु ब्याक्तिगत कामको लागिपनि अरुमा भर पर्नु पर्ने हुदा कयौं दुर्घटना  , अरुले फसाएर वा भवितव्यं भएर मान्छे हराउछ ।
४- कुलत : दारु रक्सी , महिला यौनकर्मी तथा प्रसस्त बिलाशी समानमा कानुनी बन्देज नभएको कारण युवाहरुले मासिक आउने पैसा आफ्नो बिलासीतामा खर्च गर्दै यतै रमाइलो गर्दै जिन्दगी काटेको पाईन्छ ।
५- बिवाह : वैदेशिक रोजगार मा आएका कैयौं नेपाली श्रमिक , व्यापारी , ब्यावसायी , बिद्यार्थी लगायतका नेपाली नागरिकहरु यतै बिबाह गरेर बस्न चाह्न्छ्न किनकी यता बिदेशी नागरिकलाई यताको नागरिक सङ्ग बिहे गर्न कुनै कानुनी बन्देज छैन हालाकी पछि उसले  कानुनि प्रक्रियामा जानुपर्ने हुन्छ ।
६- परिवारिक सम्बन्ध : कयौं ब्याक्तिको घर परिवार सङ्गको असामान्य सम्बन्ध, झैं – झगडाको कारण यता आनेकौ कुलत गर्दै घर परिवार बाट हराउन चान्छ्न ।
७- जिम्मेवारी : समय , काम र पैसाको महत्त्व नबुझेका मलेसिया आएका कैयौं नेपाली युवा काम छोड्ने भाग्ने तथा अनैतिक क्रियाकलापमा सङ्ग्लग्न भएर जेल वा कारावास जान्छ्न जस्को कारण परिवार सङ्ग सम्बन्ध बिहिन हुन्छ्न । अनि अच्चानक बेपत्ता हुन्छन , हराउँछन् ।
८- टोटो , रस्की अनि युवती : मलेसिया वैदेशिक कामदारको सत्रु यहि यी कुरामा फसेर कयौं जिन्दगी बर्वाद भएर अन्त्यमा घर न घाटको भएर आत्महत्या गर्ने गर्द्छ्न ।

हामिले काम के हो जानेका छैनौ, समय बुझेका छैनौ , नियम के हो देखेका छैनौ , बुझेका छैनौं , धेरै भन्दिन मलेसियाको एक कम्पनीको मात्र मानव संसाधन  ( HR) जस्ता नेपालका हरेक बिभाग अनि कार्यालयमा भएको भए देश मलेसिया बन्दथ्यो होला । हेर्दा लाग्छ हामी कति कमजोर , कति न बुझेको , कति असभ्य अनि कति  फितलो ।

यस्ता १०० औं कारण छ्न लेख्दा पेज भरिन्छ जस्ले मलेसिया बदनाम मानिन्छ । तसर्थ जिम्मेवारी उमेर शिक्षा तथा सस्कारले अपरिपक्व ब्याक्ति वैदेशिक रोजगार मा न पठाउ , अत्मबिस्वाश र आत्मनिर्भर नभएका मान्छेलाई वैदेशिक रोजगारमा पठाउन बन्द गरौ । भएसम्म देशमै केही गरौ सकिन्न तालीम लिउ बुझौ , पढौ अनि मात्र विदेश जाउ । र यी सबै बुझेका मान्छेले नयाँ आउने कामदार लाई सम्झाएर बुझाएर , बताएर सहयोग गरौ ।

[ नोट : वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामै कार्यरत वाशुदेव भरत भट्टले आफूले देखेको , भोगेको कुरा माथी उल्लेख गर्नुभएको छ ]

 

Advertise