काठमाडौं := अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । उनलाई आवश्यक पर्दा उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।अदालतले केसीको तीन दिन म्याद थपेकोमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन् ।
जिल्ला अदालत काठमाडौंले आज नै अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिनुभयो ।
आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीबिरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।




















