नेपाली जनसम्पर्क समिति मलेसियाको प्रवक्तामा लाल खड्का लगायत नयाँ सदस्यहरु मनोनीत।

क्वालालम्पुर (मलेसिया):= नेपाली जनसम्पर्क समिति मलेसियाको नियमित मासिक बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

यहीँ मिति सन् २०२३ अक्टोबर १ तारिख आईतवारको दिन नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा मलेसिया स्थित क्वालालम्पुरमा रहेको होटल ग्रान्ड क्यान्टिनेटलमा बसेको बैठकले समितिको प्रवक्तामा लालबहादुर खड्का (सुर्खेत) लाई मनोनीत गरेको छ् । प्रवक्ता पद केहि समयदेखि रिक्त रहेका थिए ।

त्यस्तै सोही बैठकले सदस्यहरुमा क्रमशः दीपेन्द्र शाही -(सुर्खेत ) , रुकेश गाह मगर ( स्याङ्जा ) , राम कुमार यादब (सिराह ) , रबिन थापा मगर ( स्याङ्जा ) , रमेश भण्डारी ( अर्घाखाचि ) लाई समितिमा मनोनीत गरिएको छ ।

बैठकमा नव मनोनीत पदाधिकारीरुलाई नेपाली जनसम्पर्क समिति मलेसियामाका सभापति चोलाकान्त पंगेनीले खादा लगाएर सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएका थिए ।

यस्तै नव नियुक्त प्रवक्ता खड्काले साजिक संजाल फेसबुकमार्फत आफुलाई नेपाली जनसम्पर्क समिति मलेसियाले विश्वास र भरोसा गरेर समितिको प्रवक्ता जस्तो गरिमामय पदमा मनोनीत गर्नु भएकोमा नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोला कान्त पंगेनी ज्युलाई र सिङ्गो कार्यसमिति प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै, मलाई विश्वास र भरोसा गरेर मलाई एउटा पार्टी समितिको प्रवक्ता जस्तो गरिमामय पद दिनुभएको छ। म यो जिम्मेवारीलाई मैले सधै गम्भीरता पुर्वक लिनेछु र आफ्नो जिम्मेवारी प्रती निस्वार्थ रुपमा लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

नेपाली जनसम्पर्क समिति मलेसियाको प्रवक्तामा नियुक्त हुनुभएका लालबहादुर खड्का ।

उनले थप लेखेका छ्न , नेपाली जनसम्पर्क समिति मलेसियाको कार्यसमितिको सदस्य, सह-कोषाध्यक्ष भित्र रहेर आफ्नो जिम्मेवारी निभाउदै गर्दा मलाई तपाईहरुले दिनु भएको सल्लाह, सुझाबले आज यो स्थान प्राप्त भएको मैले महसुस गरेछु। आगामी दिनमा पनि यहाहरुको सल्लाह सुझाब खरबदारी निरन्तर रहनेछ भन्ने आशा अपेक्षा बिश्वास ब्यक्त गरेका छन् ।

उनले राजनीति जीवन कुनै पद प्राप्तिको लागि नभै समाज सेवाको लागि राजनीतिक आवश्यकछ भन्ने महसुस गरेर आज प्रवासमा पनि आफ्नो बिचार आस्था र सिद्धान्त प्रती सधै कर्मनिष्ठ इमानदार पुर्बक आफ्नो जिम्मेवारी प्रती बफादारछु। मलेसिया रहेका नेपाली श्रमिकका हक अधिकार सुनक्षिता र समस्या समधानका निम्ति संघठनिय जिम्मेवारी रुपमा सकृय रुपमा उभिनेछु। देखिएका हरेक समस्या संघ समाधानको पाटो खोज्ना सकारात्मक बिचार सोचबाट आफ्नो भुमिकालाई निरन्तर निभाउने बताएका छन् ।

त्यस्तै सोही बैठकले नेपाली जनसम्पर्क समिति मलेसियाकी केन्द्रीय सदस्य इन्दु बस्नेत (क्षेत्री) लाई समितिले बिदाइ गरेकोछ। उनि गत महिनामा सम्पन्न भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको महिला संयोजकमा निर्विरोध निर्वाचित भएकी थिइन ।

सम्पन्न बैठकमा समितिका अध्यक्ष चोलाकान्त पंगेनी, उपाध्यक्ष कमल प्रसाद गौतम समितिका अर्का उपाध्यक्ष टेक बहादुर टमटा, चक्र मल्ल ठकुरी, महाधिवेशन प्रतिनिधि तिलक चन्द ठकुरी, त्यसैगरी समितिका महामन्त्री हरि कोइराला, प्रवक्ता लालबहादुर खड्का, सदस्य तेज कुमार राई इन्दुु बस्नेत (क्षेत्री) रामकुमार यादव, रुकेश घले मगर दिपेन्द्र शाही लगायतको उपस्थिति रहेको थियो ।