अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीत ‘मनको धनी’मा उमर खान र मेलिना पन्तको अभिनय।

काठमाडौं:= अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीत ‘मनको धनी’ सार्वजनिक भएको छ । दुर्गा खरेल, सैराज खाती र अनुजा कडरियाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जात र धर्मभन्दा मानवता ठूलो भन्ने विषयलाई प्रस्तुत गरिएको भिडियोमा उमर खान, मेलिना पन्त, अभिलाषा सापकोटा र राजेन्द्र आचार्यको अभिनय छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

भिडियोमा अर्जुन पोखरेल आफैले निर्देशन गर्नुभएको हो। गीत डिभाइन म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । चलचित्रमा संगीतमा सर्वाधिक रुचाइनुभएका संगीतकार पोखरेलका सुगम संगीतले पनि श्रोता/दर्शकको उत्तिकै माया पाउने गरेका छन् ।