एजेन्सी (मुम्बई):= शाहरुख खानको फिल्म ‘जवान’ ले विश्वभरबाट १८ दिनमै १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । यसैबीच, फिल्म समीक्षक तरण आदर्शले ट्विट गर्दै शाहरुख खानको फिल्म जवान सबैभन्दा छिटो ५०० करोड क्लबमा सामेल हुने हिन्दी फिल्म बनेको बताएका छन् ।
फिल्म जवानको हिन्दी संस्करणले १८ दिनमा ५ सय करोड कमाएको छ । यसमा आइतबारको कमाइ पनि समावेश छ। गदर–२ ले २४ दिनमा, पठानले २८ दिनमा र बाहुबलीले ३४ दिनमा यति कमाइ गरेका थिए ।
तरण आदर्शले यो कमाई जवानको हिन्दी संस्करणको भएको बताए । सन् २०२३ मा शाहरुखको यो दोस्रो फिल्म हो, जसको हिन्दी संस्करणले ५०० करोडभन्दा बढी कमाएको छ ।




















