आनन्द कार्की र मिलन नेवारको स्वर रहेको गीत ‘एकै पल्टमा’ सार्वजनिक।

काठमाडौं:= आनन्द कार्की र मिलन नेवारको स्वर रहेको गीत ‘एकै पल्टमा’ सार्वजनिक भएको छ । प्रकाश पुञ्जको शब्द, शिखर सन्तोषको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा सुशान्त ढकाल र साक्षी लम्साललाई फिचरिङ गरिएको छ । एक प्रेमील जोडीको यात्राको क्रममा देखभेटपछि झागिँदै गएको प्रेमलाई निर्देशक सुव्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गर्नुभएको छ । दिनेश पराजुलीको छायांकन रहेको गीतको भिडियोमा विष्णु खड्काको कलरिङ र सम्पादन छ ।