सुँगुरको मासु खाएको भिडियो सार्वजनिक गरेपछि ईन्डोनेशियाकी टिकटक स्टारलाई दुईवर्ष जेल सजाय।

एजेन्सी:= ईन्डोनेशियाकी एक टिकटक स्टारले आफूले सुँगुरको मासु खाएको भिडियो सार्वजनिक गरेपछि जेल परेकी छन् । उनलाई सरकारले दुई वर्षको जेल सजाय तोकेको छ ।

लिना लुतफियावती नाम गरेकी ती मुश्लिम युवतीलाई जेल तोकिएको हो । साथै उनलाई अदालतले १६ हजार २४५ डलर जरिवाना समेत तोकिएको छ ।