शिक्षा विधेयकमा आपत्ति छ, तर पठनपाठनमा अवरोध पुर्याउनेलाई कारवाही गर्छौ: बालेन।

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमती रहेको बताउनु भएको छ। स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको वर्खिलाफ रहेको उहाँको भनाइ छ ।

संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । उहाँले भन्नुभएको छ ।

‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन ।

स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ’ । उहाँले लेख्नुभएको छ ।

तर, शिक्षकले विद्यालय बन्द गरेर पठन पाठनमा अवरोध नपुर्याउन आग्रह गर्दै शाहले अवरोध पुर्याउनेलाई कानून र संविधानअनुसार कारवाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

यस अघि काठमाडौं महानगरपालिकाले सूचना निकाल्दै विद्यालय बन्द गरेर आन्दोलन गरे शिक्षकलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।