एनआरएनए आईसिसिको ११औं महाधिवेशनमा आर.सी. पदका उम्मेदवार भट्टराई जापान जाँदै।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= यतिखेर विश्वभरको विभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि संस्थाको अधिवेशन संगै एनआरएनए आईसिसिको महाधिवेशनमा उम्मेदवारी दिने र घोषणा गर्ने उम्मेदवार हरुको जमात प्रचारप्रसारमा व्यस्त रहेका छ्न ।

एनआरएनएको आइसीसीको ११औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

आउँदो महाधिवेशनमा उम्मेदवारी घोषणा र प्रचारप्रसारकै क्रममा मलेसियाबाट सन् २०२३-२०२५ कार्यकालको लागि “सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार युवा पुस्ताको सहभागीता र श्रमिक मैत्री एनआरएनए मेरो सरोकार” भन्ने मुल नाराको साथ एसिया प्यासिफिक क्षेत्रीय संयोजक (RC) पदमा चर्चित समाजसेवी एनआरएनए अभियान्ता हरिप्रसाद भट्टराईले प्रतिबद्धता पत्रसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छ्न ।

सोही उम्मेदवारीको विषयमा र एसिया प्यासिफिकको नेतृत्वका विषयमा छलफल गर्नका लागि अहिलेका डिआरसी भट्टराई जापान भ्रमणमा जान लाग्नु भएको छ । भट्टराई यही सेप्टेम्बर २२ तारिख (Batik Air Malaysia) बाट मलेसियाको समय राति ०९:०० बजे मालिन्दो एयरलाइन्सबाट ५ दिनसम्मको लागि जापान भ्रमणमा जान लागेका हुन् ।

भ्रमणमा जापन टोकियोमा एनआरएनएका अग्रज तथा एनआरएनएका अभियानताहरु संग भेटघाट गर्ने र जापनमा रहेको साथीभाईहरुले आफुलाई भेट्न चाहेमा भेट्न सकिने सामाजिक संजाल मार्फत बताएका छन् ।

तल हेर्नुहोस् भट्टराईले सार्वजनिक गरेका प्रतिबद्धतापत्र :

मेरा प्रतिवद्धताहरु :

१. एनआरएनए एसिया प्यासिफिकका हरेक गतिबिधीहरुलाई श्रमिकमैत्री बनाइनेछ ।

२, नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यपारिक, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तार गर्न पहल गरिनेछ ।

३, एसिया प्यासिफिकका देशहरुमा एनआरएनएको सञ्जाल विस्तार गरिनेछ । (जस्तैः भियतनाम, इन्डोनोसिया, फिलिपिन्समा एनसीसी गठन गरिनेछ ।)

४, नेपालीका लागि प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायतका देशमा रहेका नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुईदेशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गरिनेछ ।

५. विदेशमा रहेका नेपाली नियोगसंग एनआरएनको सहकार्यलाई थप बलियो बनाइनेछ ।

६. नेपालको पहिचान रहने नेपाली कला तथा संस्कृतिलाई एसिया प्यासिफिक तथा विश्व सामु

चिनाउनका लागि गैरआवासिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

७ श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलव बनाउन पहल गरिनेछ । ८, एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला-संस्कृति जगेर्नाका लागि अभियान चालिनेछ ।

अन्त्यमा, उपरोक्त कार्यहरुको सम्पादनका साथै यहाहरुका अन्य आवश्यक मुद्धा बोक्नका लागि मेरो उम्मेदवारी रहेको हुँदा यहाहरुको रचनात्मक सहयोगको अपेक्षा, आशा एवंम विश्वास लिएको छु । यहाँहरुको साथ, सहयोग र समर्थनका लागि हार्दिक अपिलसहित

[ हरिप्रसाद भट्टराई ]
एसिया प्यासिफिक क्षेत्रीय संयोजक RC पदको उम्मेदवार
२०२३ २०२५ कार्यकाल
गैरआवासीय नेपाली संघ