[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एकजना नेपाली श्रमिकको असमायिक मृत्यु भएको छ ।
नेपाल ठेगाना बारा जिल्ला साबिक गा.बि.स. ककडि वडा नं. ५ हाल कोल्हवी नगरपालिका वडा नं. ५ बलुवा निवासी पाहुन माझीको छोरा नेपाली श्रमिक रामएकवाल माझीको यहीँ मिति सन् २०२३ सेप्टेम्बर ११ तारिख राती करिबकरिब ०९:०० बजे मृत्यु भएको हो ।
राहदानी नं. ०८३२१०१९ रहेको मृतक रामएकवाल वैदेशिक रोजगारको सिलसिलामा बिगत १५ महिनादेखि मलेसिया स्थित कम्पनी ( WISON SHOES INDUSTRIES SDN BHD (Skudai) जोहोरबारु जोहोरमा कार्यरत रहेका थिए ।
मृतक रामएकवाल केहि महिनादेखि बारम्बार बिरामी हुँदै आएको संगै सोही कम्पनीमा काम गर्ने एक नेपाली श्रमिकले नाम नखुलाउने सर्तमा मलाया खबरलाई जानकारी दिए ।
जानकारी अनुसार रामएकवालको मुख , शरीरको विभिन्न भाग हरु बेला बेला सुनिने फुल्ने गरेको थियो , कम्पनीले पनि सक्दो उपचार गराउने र कहिलेकाही इमर्जेन्सीमा हामी साथीभाइले समेत क्लिनिक लगिदिएर उपचार गराईदिने गरेको भए ता पनि गएको सोमबार राती हाम्रै आँखा अगाडि अच्चानक मृत्यु भएको ती श्रमिकले बताए ।
मृतक रामएकवालको अन्तिम दाहसंस्कारको लागि मृत शव नेपाल फिर्ता पठाईदिनुहुनको लागि उनको परिवारले मलेसियास्थित नेपाली दूतावासलाई निवेदन र पत्र लेखेर पठाईसकेको छ ।
मलेसिया स्थित नेपाली दूतावासका प्रथम सचिव एवम् अहिलेका कार्यवाहक राजदूत बलिराम प्रसाद धामिले मृतकको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा लगिएको र पोस्टमार्टम सकिए पश्चात् आवश्यक सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेर कम्पनीसंगको समन्वयमा मृत शव नेपाल पठाउने तयारी भैइरहेको बताए ।





















