मृतक सुवास नेम्वाङका दुवैजना छोराहरू विदेशबाट नेपाल आइपुगे,भोलि अन्तिम संस्कार गरिने।

काठमाडौं := हृदयघातबाट दिवंगत नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङका दुवैजना छोराहरू विदेशबाट नेपाल आइपुगेका छन् ।

परिवारसहित बेलायतमा बस्दै आउनु भएको नेम्वाङका छेठा छोरा मिङ्सो आज आइपुग्नु भएको हो भने कान्छा छोरा सुहाङ भने केही दिन अघि मात्र अष्ट्रेलिया घुम्न जानु भएको थियो । उहाँ भ्रमण छोट्याएर हिजो आइपुग्नु भएको हो ।

स्वर्गीय नेम्वाङका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा मिङ्सो मात्र विवाह भएको छ । अन्यको विवाह भएको छैन । उहाँहरू नेपालमै बस्नु हुन्छ ।

छोराहरू आइपुगेकाले अब नेम्वाङको भोलि अन्तिम संस्कार गरिनेछ । अन्तिम संस्कारका दिन भोलि सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।