काठमाडौं:= विसं २०४० सालमा सार्वजनिक भएको बहुचर्चित बनेको लोक गीत ‘नरोउ माया सम्झेर मलाई’ कृष्ण भजन गीतको रूपमा भिडियोसहित ‘नरोउ राधा सम्झेर मलाई’ श्रीर्षकमा सार्वजनिक गरिएको छ । ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिनुभएको छ ।
उहाँलाई गायिका कोपिला तामाङ वाइवाले स्वरमा साथ दिनुभएको छ । गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुनुहुन्छ । नयाँ गीतमा प्रकाश सापकोटा र विदुर तिमल्सिनाले शब्द रचना गर्नुभएको छ ।
श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर सार्वजनिक गरिएको भिडियोमा गम्भीर विष्टको निर्देशन छ । भिडियोमा अभिषेक श्रेष्ठ र संगम विष्टले अभिनय गर्नुभएको छ । श्रेष्ठ कृष्ण बन्नुभएको छ भने विष्ट राधा बन्नुभएको छ ।
हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो भने प्रवीन भट्टले सम्पादन गर्नुभएको छ ।




















