[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= थारु कल्याणकारीणी सभा मलेसियाले मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एकजना बिरामी पीडित नेपालीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
मोटरसाइकल दुर्घटनामा परि घाइते भैइ अस्पतालमा उपचाररत रहेका सुनसरी जिल्ला इटहरी १६ का बिरामी प्रेमलाल चौधरी बचाउ अभियानमा मलेसियामा सन् २०१६ मै स्थापित भैइ समाजिक कार्यमा सक्रिय संस्था थारु कल्याणकारीणी सभा मलेसियाको तर्फबाट संकलित आर्थिक सहयोग रकम पीडित बिरामीलाई हस्तान्तरण सम्पन्न गरिएको थाकस मलेसियाका सभापति मनिराम चौधरी (थारु) ले बताए ।

घाइते प्रेमलालको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले यहाँ मलेसियामा थाकस संस्थामा आबद्ध संस्थापक/संरक्षक देखि साधारण सदस्य सम्मले महिला उपाध्यक्ष सरिता चौधरीको सक्रियतामा सञ्चालित सहयोग अभियानमा संकलित मलेसियन रिंगेट आरएम १ हजार अर्थात नेपाली रु. २९ हजार सहयोग रकम संस्थाका पुर्व पदाधिकारी राजेश प्रसाद चौधरीमार्फत आज बुधबारको दिन एक कार्यक्रमकोबीच पीडितको श्रिमतीको हातमा सो रकम हस्तान्तरण गरिएको हो ।

तल हेर्नुस् सहयोगी दाताहरूको नमावली निम्न प्रकारको रहेको छ :
(१) घनश्याम चौधरी (आरएन ) [संस्थापक/संरक्षक]
👉️ आरएम १३० रिंगेट ( बारा )
(२) मनिराम चौधरी थारु (सभापति)
👉️ आरएम १०० रिंगेट (कपिलवस्तु)
(३) प्रजेश चौधरी ( उपसभापति )
👉️ आरएम १०० रिंगेट ( कपिलवस्तु )
(४) प्रेम चौधरी एलेक्स ( उपसभापति )
👉️ आरएम १०० रिंगेट ( बुटवल )
(५) सरिता चौधरी ( महिला उपसभापति )
👉️ आरएम १०० रिंगेट ( मोरङ सुनसरी )
(६) आरपी चौधरी ( महामन्त्री )
👉️ आरएम १०० रिंगेट ( कपिलवस्तु )
(७) आशिष चौधरी ( सदस्य )
👉️ आरएम १२० रिंगेट ( चितवन )
(८) बलराम चौधरी ( सदस्य )
👉️ आरएम १०० रिंगेट ( मोरङ )
(९) सुनिता चौधरी ( सदस्य )
👉️ आरएम १०० रिंगेट ( मोरङ )
(१०) बिरेन्द्र चौधरी ( सल्लाहकार )
👉️ आरएम ५० रिंगेट ( सुनसरी )
जम्मा सहयोग संकलित रकम आरएम : १ हजार रिंगेट , नेपाली रुपैयाँ रु. २९ हजार पैसा बिरामी प्रेमलाल चौधरी लाई थारु कल्याणकारीणि सभा मलेसियाको तर्फबाट आर्थिक सहयोग गरिएको हो ।
थारु कल्याणकारीणी सभा मलेसियाले आफ्नो स्थापना कालदेखिनै प्रवासमा थारु समुदायको भाषा , संस्कृति , रितिरिवाज बचाउनलाई योगदान दिदै आएको छ । साथै भैइपरि आएको खण्डमा नेपाली श्रमिक र मलेसियामा अनि नेपालमा रहेका थारु समुदायलाई आर्थिक भौतिक सहयोग समेत गर्दै आइरहेको छ ।





















