काठमाडौं := सहारा म्युजिक अवार्डका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । पाँचौं संस्रकणको यो अवार्डका ३२ विद्यामा उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको यो अवार्डमा जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रा.लिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
टोखा नगरपालिकासँगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।
यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप-आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरूले सहभागी जनाएका छन्। अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी गराउनुभयो ।
पाँचौं सगरमाथा म्युजिक अवार्ड-२०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई दीर्घसाधना सम्मान र २५ वर्ष भन्दा लामो समयदेखि रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले बताउनुभयो ।
नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई पनि सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिनुभयो ।




















