सूचना अटेर गर्नेलाई काठमाडौं महानगरपालिका ले कारवाही गर्ने।

काठमाडौं:= काठमाडौं महानगरपालिकाले भदौ १५ दिइएको सार्वजनिक बिदामा केही विद्यालय सञ्चालन गरिएको भन्दै कारवाही गर्ने भएको छ। महागरले शुक्रवार विज्ञप्ति जारी गर्दै सूचना उल्लंघन गर्दै बिदा नदिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारवाही हुने समेत उल्लेख छ ।

‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रूपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ महानगरले शुक्रबार सार्वजनिक बिदा दिएको थियो । तर, बिदामा पनि केही विद्यालयहरू खुलेका थिए ।