सभापति देउवाद्वारा कांग्रेस पार्टीका १५ विभिन्न विभागमा प्रमुखहरु नियुक्त

काठमाडौं := नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गर्नुभएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।