काठमाडौं := गायिका कोपिला गौतमको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तीजै आयो लैबरी लै’ बोलको गीतमा लोकराज अधिकारीको शब्द र गोबिन्द मधुर आचार्यको संगीत संयोजन रहेको छ ।
गायिका कोपिला गौतम र जानु कुवँरको आवाजमा रहेको नेपाली मौलिक तीज गीतले महिलाहरूले पर्व हरितालिका तीजलाई बिसुद्द रूपमा नेपालीपनको झल्को दिने काम गरेको छ ।
तीजको नाममा भित्रिएको बिसङती र विकृतिलाई केही हद सम्म नेपाली मौलिक परम्परा थेग्न सफल यो गीतले नेपाली संस्कृतिको जगेर्ना गर्न सफल देखिएको छ । गीतमा सुनको महंगी, स्वार्थी आफन्त, बालापन, माइतीको सम्झना लगायत समसमायिक महिलाका भोगाई अवस्थालाई उनिएको छ ।
म्युजिक बैंक स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिष्ट बिमल मगर हुन् भने कृष्ण पुनले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । कोपिला गौतम, लोकराज अधिकारी र गोबिन्द मधुरको पहिले देखि नै तीज गीतको सहकार्य यस पटक पनि प्रशंसा लायक छ ।
गीतमा लोकप्रिय मोडल अन्जली अधिकारी र टिका जैसीको आकर्षक नृत्य देख्न सकिन्छ । बिक्रम चौहानको निर्देशन तथा नृत्य निर्देशन गरेको भिडियोलाई राम केसीको टिमले छायांकन गरेको हो । गायिका कोपिला गौतमकै अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको गीतको भिडियो सम्पादन लक्ष्मन चौहानले गरेका हुन् ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस् :




















