नेपाली दूतावास र एनआरएनए मलेसियाको नवनिर्वाचित कार्य समितिबीच परिच्यात्मक छलफल सम्पन्न।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया र मलेसियास्थित नेपाली राजदूतावासबीच भेटघाट तथा परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ ।

यहीँ मिति सन् २०२३ अगस्ट २८ तारिख सोमबारको दिन दूतावासकै प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच दूतावास र एनआरएनए मलेसियाको सन् २०२३-२०२५ सम्मका लागि नव निर्वाचित कार्यसमितिबीच भेटघाट तथा परिच्यात्मक छलफल सम्पन्न भएको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले मलाया खबरलाई जानकारी दिनुभयो ।

सोही भेटघाट कार्यक्रममा अध्यक्ष थापाले आफुसहित एनआरएनए मलेसियामा नव निर्वाचित कार्यसमितिको पुर्ण नमावली राजदूत डिल्लीराज पौडेल समक्ष पेश गरेका थिए । अध्यक्ष थापाले दिएको जानकारी अनुसार बिगतमाझै एनआरएनए मलेसियाले यहाँ जेलमा सजाय पूरा गरि हवाई टिकटको अभावमा स्वदेश फर्किन नपाएका र विभिन्न कारणले पीडित नेपाली श्रमिक हरु लाई हवाई टिकट सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता दूतावास समक्ष जाहेर गरेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष थापाले बताए अनुसार दूतावाससंगै मिलेर सहकार्य गरेर मलेसियाबाट पनि नेपाली पर्यटन प्रवर्द्धन गर्न र नेपाली पर्यटन ब्यावसायलाई अगाडि बढाउन आर्थिक , भौतिक सक्दो सहयोग गर्ने , मलेसियामा कार्यरत नेपाली श्रमिकको हकहितको काममा दूतावाससंग समन्वय गरि सहकार्य गर्दै अगाडि बढ्ने , दूतावासले बेला – बेला विभिन्न राज्य मा आयोजना गर्ने घुम्ती सेवाको काममा एनआरएनएले पनि सहकार्य गरि श्रमिक उद्दारका निम्ति कार्य गर्ने लगायत बिबिध बिषयमा छ्लफल सम्पन्न भएको अध्यक्ष थापाले बताउनुभयो ।

मलेसियामा बिरामी परेर अस्पतालमा भर्ना रहेका अथवा स्वदेश फर्किन नपाएका नेपाली हरुलाई सक्दो आर्थिक सहयोग उपलब्ध गराउने लगायत बिषय दूतावास समक्ष राखिएको र अहिले तत्काललाई आधा शरीर नचल्ने प्यारालाइस भएको बिरामी सुनसरी जिल्ला बराहक्षेत्र ७ निवासी रत्न बहादुर मगरलाई मलेसियावाट स्वदेश फर्किन आवश्यक पर्ने काममा आर्थिक रकम अभाव भैइरहेकोले एनआरएनए संस्थाको तर्फबाट कोषको रकम आरएम पाँच हजार पाँचसय (५,५००) रिंगेट आर्थिक सहयोग गरिएको बताउनुभयो ।

एनआरएनए मलेसियाको नव निर्वाचित कार्यसमितिलाई राजदूत डिल्लीराज पौडेलले स्वागत गर्नुको साथै सहयोग र सहकार्यको निम्ति एनआरएनएप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सो परिच्यात्मक छलफल कार्यक्रममा एनआरएनए मलेसियाको संस्थापक/संरक्षक शँकर बहादुर पौडेलसंगै नव निर्वाचित अध्यक्ष लगायत सबै कार्यसमिति पदाधिकारीहरु र नेपाली दूतावासको तर्फबाट राजदूत डिल्लीराज पौडेल , उप-नियोग प्रमुख डिसिएम मोतिराम श्रीस , प्रथम सचिव तथा प्रशासन बिभाग प्रमुख प्रेम बुढथापा , प्रथम सचिव बलिराम प्रसाद धामी , श्रम काउन्सेलर भोलानाथ गुराँगाई लगायतको उपस्थिति रहेको थियो ।

 

Advertise