गायिका मिलन नेवारको स्वरमा रहेको गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक।

काठमाडौं := गायिका मिलन नेवारको स्वरमा रहेको गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक भएको छ । राजनराज सिवाकोटीको शब्द/संगीत, दीक्षित पौडेलको संगीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

‘पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो’ जस्ता शब्दले सजिएको सुमधुर गीतको भिडियोमा गायिका मिलन नेवार आफैंले अभिनय गर्नुभएको छ । राजेश पुमा राईको निर्देशन रहेकोे भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।