रोनाल्डोको सानदार प्रदर्शन मद्दतमा साउदी क्लब अल नासरले अरब च्याम्पियन्स कपको उपाधि जित्यो।

साउदी:= क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन मद्दतमा साउदी क्लब अल नासरले अरब च्याम्पियन्स कपको उपाधि जितेको छ । साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै अल नासर च्याम्पियन बनेको हो ।

अल नासरलाई च्याम्पियन बनाउन रोनाल्डोले दुई गोल गर्नुभयो भने अल हिलालका माइकलको एक गोल फर्काउनुभयो । खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासरले अग्रता लियो । उहाँले माल्कोमको पासमा गोल गर्नुभयो ।

७४औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो । ९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जित निकाल्दै च्याम्पियन बनाउनुभयो