नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै।

काठमाडौं:= नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ।गत शुक्रवार देखी जारी संसदीय दलको बैठकको निरन्तरताको क्रममा आज पनि बैठक बस्न लागेको हो। संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाईएको छ ।

समसमायिक राजनीतिक बिषय, सांसद सुनिल शर्मा प्रकाउ प्रकरण देखी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने बिषयमा छलफल भईरहेको छ । हिजोसम्म उक्त बैठकमा ५४ सांसदहरुले आ आफनो धारणा राखिसकेका छन, आज बाँकी सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।