एजेन्सी:= इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ । जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिब १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजस्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक प्राधिकरणले घोषण गरेको हो । इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ ।
गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेसन एन्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ । २०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरूमा ६२.६ प्रतिशत युरोपेलीहरू रहेका थिए भने अरबी पर्यटकहरू २६.४ प्रतिशत थिए ।
त्यस्तै, अमेरिकीहरू ५.८ प्रतिशत र बाँकी अन्य देशबाट गएको पाइएको छ । सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ ।




















