[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत रहेकै बेला मानसिक सन्तुलन गुमाएर अलपत्र परेका एकजना नेपाली श्रमिकलाई मलेसियास्थित नेपाली राजदूतावासको सहयोग समन्वयमा स्वदेश फर्काइएको छ ।
मलेसियामै बिगत ६ बर्षदेखी अवैधानिक हैसियतमा काम गर्दै आएका नेपाल ठेगाना बारा जिल्ला देवापुर ७ सिम्रौनगढ निवासी मुना मिया अन्सारीलाई स्वदेश फर्काइएको नेपाली दूतावासका जनसम्पर्क अधिकृत जय प्रकाश गिरिले मलाया खबरलाई जानकारी दिनुभयो ।

अधिकृत गिरिले बताए अनुसार पछिल्लो एक बर्षदेखी अन्सारीको मानसिक संतुलन बिग्रीएको उपचारको क्रममा डाक्टरले स्पष्ट पारेको बताए । अन्सारीलाई स्थानीय प्रहरीले भेटाएर दूतावासमा सूचना दिए पश्चात् दूतावासले आवश्यक कदम चाली सबै कानुनी प्रक्रिया पूरा गरेर उद्दार गरि आज अगस्ट १ तारिखको दिन हिमालयन एयरलाइन्स मार्फत स्वदेश फर्काएको हो ।
यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) अध्यागमन बिभागको जरिवाना रकम लगायत सबै दूतावासले तिरिदिएको हो भने अन्सारी नेपाल फर्किन आवश्यक पर्ने हवाई टिकट प्रवासी नेपाली मञ्च नामक संस्थाले सहयोग गरेको अधिकृत गिरिले बताए ।
प्रवासी नेपाली मञ्चको अध्यक्ष दयाराम कुमालले गरेको पछिल्लो घोषणा अनुसार यहाँ पीडित ६० जना नेपालीलाई हवाई टिकट सहयोग गर्ने बोलेको झै मञ्चक तर्फबाट अन्सारीलाई सहयोग गरि हवाई टिकट सहयोग अभियानलाई सुरुवात गरिएको अध्यक्ष कुमालले बताए ।




















