एनआरएनए मलेसियाको अध्यक्ष बन्ने दौडमा रहेका राकेश महतो को हुन ? मलेसियामा कसरी स्थापित भए ?

काठमाडौं:= मिहिनेत गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन । यसको पछिल्लो उदाहरणको पात्र हुन राकेश महतो । नेपालको प्रदेश नम्बर २ (मधेस प्रदेश) बारा जिल्लाको निवासी महागढीमाई नगरपालिका, वडा नं. १, बरियारपुरमा जन्मिएका राकेश एक सामान्य परिवारमा जन्मे , हुर्किएका व्यक्ति हुन् ।

विगत २३ वर्षदेखि मलेसियामै बसोबास गरिरहेका महतो मलेसियाका सफल नेपाली व्यवसायीमा गनिन्छन् । उनले मलेसियामा आर.के. मेन्तरी एसडीएन बीएचडी, आर.के. जनरल स्टोर, एजेन्सी पाकिर्जन, आर.के. ग्रुप, आर.के. पेलोन्तोङ स्टोर, आर.के ब्रोदर्स लगायत विभिन्न कम्पनी र व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

मलेसियामा विभिन्न व्यवसायमा करोडौं लगानी गरेका महतोले एकपछि अर्को सफलता चुम्न सफल भएका छन् । मलेसियालाई कर्मघर बनाएका महतोले नयाँनयाँ क्षेत्रमा लगानी पनि बढाइरहेका छन् । मिहिनेत गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन किनभने हरेक सफलतासँगै असफलता, आत्मविश्वास, संघर्ष, साथ–सहयोग र धैर्यताको कथा लुकेकै हुन्छ ।

सरल भाषामा बुझ्नु पर्दा सफलता एकैपटकमा प्राप्त हुँदैन र असफलता नै सफलताको सूत्र हो भन्ने गतिलो उदाहरण नेपालको छोरो भएर पनि मलेसियामा सफल व्यवसायी बनेका राकेश महतो बनेका छन् । राकेश गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको उपाध्यक्ष एवंम् राजनीतिक पार्टी नेपाली कांग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति मलेसियाको उपाध्यक्ष पनि हुन ।

‘मानिसको जीवनकालमा अत्यधिक समस्या, चुनौती र उतारचढाव आइरहन्छन् तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडि बढ्न सकेमा जस्तोसुकै सफलता पनि हात पार्न सकिँदो रहेछ’, राकेश भन्छन् ।

राकेश महतो नेपालमा पनि उदाउँदै 

मलेसियाका सफल व्यवसायी बनेका राकेश महतो अब नेपालमा पनि व्यावसायिक रुपमा उदाउँदै छन् । महतोले बारा जिल्ला र आसपासका क्षेत्रमा कयौं विघा जग्गामा धान खेती गर्दै आएका छन् ।  त्यसका अलवा माछापालन र अरु कृषिसँग सम्बन्धित काम पनि गर्दै आएका छन् । नेपालमा महतोले आर.के. सप्लायर्स र आर.के.एण्ड सन प्रा.लि. कम्पनीसमेत सञ्चालन गर्दै आएका छन् ।

सामाजिक क्षेत्रमा पनि महतोको सक्रियता

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका उपाध्यक्ष र कयौं संघसंस्थामा आबद्ध रहेका राकेश महतो सामाजिक क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील छन् । महतो मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा समस्या परेका नेपाली श्रमिकहरुको हक र अधिकार सुनिश्चितताका लागि निरन्तर सक्रिय रहँदै आएका छन् ।

महतोले मलेसियामा अलपत्र परेका नेपालीहरुको नेपालसम्मको हवाई टिकट उपलब्ध गराई सकुशल उद्धार गर्दै आएका छन् । उनले सामाजिक क्षेत्रमा योगदान पु¥याउने र समस्यामा परेका नेपालीहरुलाई सकेको सेवा गर्ने उद्देश्यले आफ्नै नगरपालिकाभित्रमा एक महागढीमाई नामक फाउण्डेशन सञ्चालन गरेका छन् । यसले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

कोरोना माहामारीको बेला राहत सामाग्री सहयोग वितरण गर्दै राकेश महतो ।

मलेसियामा गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्ष बन्ने दाउमा महतो 

गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्ष पदको लागि अहिले चर्चामा रहेको नाम हुन राकेश महतो । अन्य दुईजना प्रतिद्वन्द्वी उम्मेदवारहरु बिनोद थापा र सन्तोष कार्कीसंगै एनआरएनएको नेतृत्व आफ्नो पोल्टामा पार्ने दाउमा छ्न महतो । सोही अनुरुप उनले अध्यक्ष पदमा जुलाई १५ तारिख शनिबार उम्मेदवारी समेत दर्ता गराएको हो ।

महतोले एनआरएनएको नियम र प्रक्रिया अनुसार अबको अध्यक्ष सर्वसम्मत मलाई नै बनाउनुपर्ने अडान लिएर अगाडि बढेका छ्न । महतोले एक पटक आफ्नो नाममा सहमती जुटाउन मलेसियामा रहेका अग्रज र एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेका छन । महतोले बर्तमान अध्यक्ष थापा र कार्की दुबै आफ्ना नजीकका मित्र र अघिल्लो कार्यकालमा सँगै सहकार्य गरेर काम गरेको एउटै टिम भएकाले उहाँहरुले यो कार्यकाल आफुलाई अध्यक्ष पद दिनेमा बिश्वस्त रहेको बताए ।