एनआरएनए मलेसियाको अध्यक्ष भएमा श्रमिकका निम्ति मासिक आरएम २ हजार आर्थिक सहयोग दिनेछु: राकेश महतो।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्ष पदको लागि अहिले चर्चामा रहेको नाम हुन राकेश महतो । अन्य दुईजना प्रतिद्वन्द्वी उम्मेदवारहरु बिनोद थापा र सन्तोष कार्कीसंगै एनआरएनएको नेतृत्व आफ्नो पोल्टामा पार्ने दाउमा छ्न महतो । सोही अनुरुप उनले अध्यक्ष पदमा जुलाई १५ तारिख शनिबार उम्मेदवारी समेत दर्ता गराएको हो ।

आफ्नो जिवनकालको समय मध्यमा मलेसियामा २४ बर्ष बिताईसकेको चिरपरिचित नाम हुन नेपाली ब्यावसायी राकेश महतो । आज भन्दा २४ बर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा कामदारकै हैसियतमा मलेसिया रोजगारीमा आएका महतो १४ बर्षसम्म कम्पनीमा साधारण श्रमिकको रुपमा काम गरे । त्यस पश्चात् मलेसियामै बसि केहि नयाँ गर्ने अठोटका साथ लागिपरेका महतो पछिल्लो कैयौं बर्षदेखि व्यापार ब्यवसायमा सक्रिय छ्न।

मलेसियामा किराना पसल , रेष्टुरेन्ट , होस्टेल म्यानेजमेन्ट , मिनिमार्ट लगायत संचालन गरेका महतो नेपालमा पनि आरके ब्रोदर्श प्राइभेट लिमिटेड कम्पनी , आरके सप्लायर्स , म्यानपावर ब्यवसाय लगायत कैयौं किसिमको ब्यापार , ब्यवसायमा सक्रिय लागिपरेका ब्यक्ति हुन। त्यसो त महतो यहाँ मलेसियामा सामाजिक कार्यमा समेत सक्रिय रहेका हुन ।
मलाया खबरसंगको कुराकानीको क्रममा महतोले आफू मलेसियामा ब्यापार ब्यावसायमार्फत जीवन जिउनलाई आवश्यक आर्थिक रकम जुटाईसकेको र अब एनआरएनए संस्थाको नेतृत्व पंक्तिमा बसेर सोही रकमबाट श्रमिकको सेवा , समाजसेवा गर्ने योजना बनाएको महतोले बताए ।

कुनै नेपाली श्रमिकलाई भैइपरि कुनै समस्या आएको खण्डमा सहयोग गर्न नहिचकिचाउने र नेपाली श्रमिकको लागि केहि गर्छु भन्ने सोच भएका महतो यस पटक एनआरएनएको नेतृत्व पंक्तिमा बसेर अझै बढी नेपाली श्रमिकको सेवा गर्ने लक्ष्य बनाएको महतोले बताए । एनआरएनएको नेतृत्वमै रहेका र क्वालालम्पुरसंगै बिशेषगरि जोहोर क्षेत्रमा सक्रिय सामाजिक संघसंस्थाका अगुवाहरुको मनसाय यस् पल्ट पहिले जस्तै नयाँ अनुहारलाई नेतृत्व दिने र त्यसमा राकेश महतो योग्य उम्मेदवारको रुपमा आएपनि हामीलाई कुनै आपत्ति नहुने र सकभर सहमतिमै नेतृत्व चयन गरिने बताउँछन् ।

अध्यक्षमा उम्मेदवारी दिएका राकेश महतो ।

यता महतोले नियम र प्रक्रिया अनुसार अबको अध्यक्ष सर्वसम्मत मलाई नै बनाउनुपर्ने अडान लिएका छ्न ।
महतोले एकपटक आफ्नो नाममा सहमती जुटाउन मलेसियामा रहेका अग्रज र एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेका छन । महतोले बर्तमान अध्यक्ष थापा र कार्की दुबै आफ्ना नजीकका मित्र र अघिल्लो कार्यकालमा सँगै सहकार्य गरेर काम गरेको एउटै टिम भएकाले उहाँहरुले यो कार्यकाल आफुलाई अध्यक्ष पद दिनेमा बिश्वस्त रहेको बताए ।

त्यसो त आज मिति सन् २०२३ जुलाई २० तारिख बिहिवार निर्वाचन समितिको सक्रियतामा बसेको सर्वदलीय बैठकले तीन जना अध्यक्षको दाबेदार उम्मेदवार बिनोद थापा , राकेश महतो र सन्तोष कार्कीबीच अध्यक्ष को हुने भन्ने बिषयमा कुनै सहमति नै हुन सकेनन् ।

तल हेर्नुहोस् सन् २०२३ – २०२५ सम्मको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका राकेश महतोले सार्वजनिक गरेको घोषणापत्र :

घोषणा – प्रतिबद्दता पत्र
नेपाली का लागि नेपाली ।

हाम्रो यस गौरवसाली संस्था गैर आवासीय नेपाली संघ केन्द्रिय समिति मलेसियाको कार्यकाल वर्ष २०१६-२०२५ का लागि यहि जुलाई ३० मा हुन गैरहेको चुनावमा म राकेश प्रसाद महतो यस कार्यकालको लागि अध्यक्ष पदको दावी गर्दै हाम्रा कर्तव्य र दैनिक कार्य बाहेक तलका बुँदा हरुमा इमान्दारी र निष्ठाका साथ काम गर्ने बाचा सहित आज जुलाई १५ मा हुने उम्मेदवारी दर्तामा अधक्ष्य पदका लागि उम्मेदवारी दिने घोषणा  गर्दछु ।

१. नेपाली राजदुताबास मलेसियासंग नजिक रहेर नेपाल र नेपालीका लागि सधै सहकार्य गर्नेछु ।

२. मलेसियामा रहेका सम्पूर्ण संघ सस्था, विजनेस व्यबसाही बिध्धार्थी पत्रकार हरु संग सम्बन्ध तथा सहकार्य गर्नेछु ।

३. पिडित श्रमिकले आश्रय लीई रहेको हाम्रो कार्यालय लाई थप ब्यबस्थित र स्थानीय कानुन सम्बत बनाउने प्रयास गर्नेछु।

४. अतिविपतमा परेका नेपाली श्रमिकका निम्ति आपतकालीन राहत कोषको छुट्टै स्थापना गर्नेछु यस कोषलाई दिगो बनाउनको निम्ति छुट्टै एकाउन्ट खोलेर म सहित ५ जना को समिति बनाई तुरुन्त पिडितलाई राहत दिन सक्ने बनाउनेछु तथा यस कोषको बृद्धिको निम्ति केन्द्रिय पधादी कारी, क्षेत्रीय पधादिकारी यहाँ स्थित बिजनेस ब्यबसाही संग को कार्यकर्म गर्नेछु तथा मेरी कार्यकाल को २४ मैनामा प्रतेक मैना आरएम २००० रिंगेट आफैले राखेर सबैलाई नेपाली श्रमिकको निम्ति सहयोग गर्न आवहन गर्दछु ।

५. नेपाल सरकार, नेपाली राजदुतावास मलेसिया, गैर आवासीय नेपाली संघ अन्तर रास्ट्रिय समिति, रास्टिय समिति, तथा यहाँ रहेका संघ सस्था हरुसंघ समन्नय गरि मलेसियाको राजगारी लाई थप व्यवस्थित र श्रमिकका समस्या हक अधिकार, सुरक्ष्या लाई न्यूनीकरन गर्नेछु ।

६. एक रात श्रमिकको साथ भन्ने वर्ष २०१९ २०२१ को नीतिलाई फेरी पूर्ण निरन्तरता दिदै प्रत्येक महिना दूतावासको सम्पर्कदेखि टाढा रहनु भएका पीडित नेपाली श्रमिक समक्ष पुग्नेछु ।

७. नेपाली श्रमिक को बाहुल्यता रहेको प्रतेक क्षेत्रमा क्षेत्रीय समिति गठन गर्नको निमित्त त्यहाँ रहेका नेपाली हरु संग सहकार्य गर्नेछु तथा सो क्षेत्रबाट केन्द्रिय कार्यसमितिमा आउनुहुने सबैलाई सर सम्मान जनक सहकार्य गर्ने छु अन्तमा यस पत्रकार सम्मेलनमा उपस्थिति भएर साथ दिनुहुने तपाई हरु सम्पूर्ण संघ सस्थाका विभिन्न व्यक्तिहरु र गैरआवासीय नेपाली संघ एसिया उपसंयोजक हरि भट्टराई ज्यु लगायत सबैलाई धन्यवाद ।
।   जय एनआरएनए जय मातृभूमि जय देश  ।