मलेसिया:= गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) एनसीसी मलेसियाको आगामी कार्यकाल २०२३-२०२५ को लागि बिमल रानाले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छ्न। बर्तमान कार्यसमितिका सदस्य समेत रहेका रानाले आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
यहीँ मिति सन् २०२३ जुलाई १५ तारिख शनिबार सम्पन्न भएको उम्मेदवारी दर्ता कार्यक्रममा महासचिव पदमा बिमलसंगै कृष्ण प्रसाद नेपाल , टेक बहादुर अधिकारीले पनि उम्मेदवारी दिइएका छ्न । तर उम्मेदवारी दिइएको भोलिपल्टै कृष्ण प्रसाद नेपालले महासचिव पदमा दिइएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छ्न ।
वैदेशिक रोजगारिको शिलसिलामा १२ बर्ष मलेसियामा बिताएका राना रोजगारी बाहेक फुर्सदको समयमा सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका छ्न । मलेसियामा आफ्नै ब्लु आई कर्पोरेसन एसडिएन बिएचडी कम्पनीमार्फत सयौं नेपालीसंगै स्थानीय युवालाई रोजगारी दिइएको बिमल राना बताउँछन् ।
राना समाजसेवा संगसंगै म्यानपावर ब्यावसायमा समेत सक्रिय रहेका छ्न। नेपालबाट सयौं युवाहरूलाई मलेसियामा रोजगारीमा ल्याइ काममा लगाएका छ्न ।


रानाले सामाजिक संन्जाल फेसबुकमा लेखेका छ्न –
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मलेसियाको २०२३-२५ कार्यकालको लागि महासचिव पदमा मैले उम्मेदवारी दिएको छु । आदरणीय मलेसियामा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु, सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानका अग्रज तथा सामाजिक अभियन्ता ज्यूहरू, बौद्धिक बर्ग, परिषद सदस्य ज्यूहरू साथै पत्रकार ज्यूहरुमा हार्दिक नमस्कार !
राष्ट्रिय समन्वय परिषद मलेसियाको २०१९- २१ कार्यकालमा सदस्य , २०२१-२३ सम्मको कार्यकालमा सदस्य भई कार्य गरेको कार्यानुभव, विभिन्न संघ संस्थासंग समन्वय, संघलाई श्रमिकमैत्री बनाउन पहलकदमी कार्यको लागि आगामी २०२३-२५ कार्यकालको लागि महासचिव पदमा उम्मेद्वारी घोषणा गरेको छु। साथ् र सहयोगको अपेक्षा गर्दछु ।
महासचिव पदमा मेरो उम्मेदवारी किन ?

– एनसीसी मलेसियाले गर्ने हरेक क्रियाकलापमा मलेसियामा स्थापीत सम्पुर्ण संघसंस्था संग समन्वय गरि सामुहिक रुपमा सहकार्य गरेर सम्पन्न गर्न ।
– नेपाल सरकारले प्रवासमा रहेका नेपाली मजदुरको हितको लागि हालै शुरु गरेको श्रमीक कल्याणकारी कोषमा अधिकतम नेपालीको सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्न।
–मलेसिया सरकारको विभिन्न निकायहरु संग संस्थागत सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली श्रमिकहरुको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएर सञ्चालन गर्न।
– मलेसियामा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहन ।
– हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाईने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरि परस्पर भातृत्वको बिकास गर्न ।
– मलेसियामा रहेका नेपाली दाजु-भाई दिदिबहिनिहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्न साथै सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिएको सुनिश्चित गर्न।
– मलेसियामा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं आवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्न।
( बिमल राना )
महासचिव पदको उम्मेदवार
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद मलेसिया ।





















