मलेसियामा सडक दुर्घटनामा परेर घाइते मेग बहादुर गुरुङको मृत्यु, आर्थिक सहयोग प्रदान।

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा १५ बर्ष अघि मलेसीया रोजगारीमा आईपुगेका धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा नं ४ का मेग बहादुर गुरुङ सडक दुर्घटनामा परेका थिए ।

सडक दुर्घटनामा परि घाइते भएका गुरुङलाई जुलाई ७ तारीख मलेसीयाकाे जोहोर राज्य सुल्तान इस्माइल अस्पताल (Hospital Sultan Ismail) मा उपचारको लागि भर्ना गरिएको थियो।

गुरुङ निकै लामो समय देखि अवैधानिक रुपमा काम गर्दै आएका थिए। उनिसँग आफ्नो राहदानी (पासपोर्ट) लगायत अन्य कुनै पनि कागजपत्र नहुँदा हस्पिटलमा उपचारका लागि भर्ना गर्न निकै कठिन भएपछि दुतावासकाे सहयाेग ,  समन्वयमा उनलाई भर्ना गरिको ब्यावसायी तथा समाजसेवी कृष्ण गुरुङले बताए ।

सोही गुरुङको उपचारको क्रममा जुलाई १७ तारिखमा अस्पतालमै निधन भएकाे छ। गुरुङ लाई उपचारका लागि केहि रकम समेत सङ्कल गरी हस्पिटलमा पुगेर अर्जुन सिंह अनुरागीले बुझाएका थिए ।

मृतक गुरुङलाई उपचारको लागि सहयाेग गर्ने सहयोगी दाताहरुको नामावली निम्न प्रकारको रहेको छ :

एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापा १५१ , जनसम्पर्क समिति मलेसिया सभापति चोला कान्त पंगेनि १०१ रिंगेट , पुर्न कुमार श्रेष्ठ १०० रिंगेट , मिम ब गुरुङ १०१ रिंगेट , अनिल कुमार चौधरी १०१ रिंगेट , अरुन गिरि १०१  रिंगेट , रन्जित क्षेत्री ५१ रिंगेट , अर्जुन  सिह अनुरागी आरएम : ५० रिंगेट , रमेश मल्ल : ५० रिंगेट , नारायण अधिकारी : ५० रिंगेट , बाबू राम शर्मा ५० रिंगेट , नेपाली जनता खवर ५०रिंगेट , बिन्दु दर्लामि ५० रिंगेट , सुरेश कुमार देबकोटा ५० रिंगेट , छबि लाल गिरि ५० रिंगेट , , युबराज ज्योति ५० रिंगेट ,  श्याम श्रेष्ठ ५० रिंगेट , जनक खड्काले ५० रिंगेट गरि जम्मा सहयोग रकम आरएम १२५६ रिंगेट सहयोग गरेका छ्न ।

ब्यवसायी तथा समाजसेवी कृष्ण गुरुङका अनूसार शव लाई स्वदेश पठाउनका लागि नेपाली दुतावास मलेसीयाले प्रक्रिया सुरु गरेको र छिट्टै शवलाई नेपाल पठाइने बताए ।