[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको आगामी २०२३-२५ सम्मको कार्यकालको लागि निर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको छ।
एनआरएनए मलेसियाको निर्वाचन यहीँ बर्ष सन् २०२३ जुलाई २९ तारिख शनिबारको दिन र ३० तारिख आईतवारको दिन सभ्य र भब्य रुपमा अधिवेशन सम्पन्न गर्ने तयारी भैइरहेको हो। जसअनुरुप निर्वाचन समितिले पनि मनोनयन दर्ताको मिति, समय स्थान , शुल्क र उम्मेदवारको योग्यता लगायत खुलाइएको सूचना सार्वजनिक गरेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूचना अनुसार एनआरएनए मलेसियाको कार्यसमिती २३ जनाको रहने उल्लेख छ। जसमा अध्यक्ष १ जना , वरिष्ठ उपाध्यक्ष १ , उपाध्यक्ष २ , महिला उपाध्यक्ष १ , युवा उपाध्यक्ष १ , महासचिव १ , सचिव २ , कोषाध्यक्ष १ , सह – कोषाध्यक्ष १ , युवा संयोजक १ , महिला संयोजक १ , सदस्यहरु १० जना गरि जम्मा २३ जनाको कार्यसमिति रहनेछन्।

निर्वाचनको समितिको संयोजक खगेन्द्र न्यौपानेले जानकारी दिए अनुसार अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरुले मलेसियन रिंगिट आरएम ६००० उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने निर्णय अनुसार सूचनामा उल्लेख छ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष आरएम ४ हजार ५ सय , उपाध्यक्ष आरएम ४ हजार , महिला उपाध्यक्ष ३ हजार , युवा उपाध्यक्ष ३ हजार , महासचिव ४ हजार , सचिव २ हजार ५ सय , कोषाध्यक्ष २ हजार ५ सय , सह कोषाध्यक्ष २ हजार , युवा संयोजक २ हजार , महिला संयोजक २ हजार र सदस्य पदमा उम्मेदवारी दर्ता गराउने उम्मेदवारहरुले आरएम १ हजार ५ सय रकम तिर्नु उल्लेख छ।


उम्मेदवारी दर्ता प्रक्रिया यहि मिति १५ जुलाइ २०२३ (शनिवार) को विहान ९.३० बजे देखि वेलुका ४०० बजे सम्म खुल्ला रहने छ। उम्मेदवारी दर्ता फारम एनआरएनए मलेसियाको आधिकारीक फेसबुक पेज वाट डाउनलोड गर्न सकिने जनाएको छ। अथवा निर्वाचन समितिको फेसबुक पेज, ग्रुपबाट फारम उपलब्ध गर्न सकिनेछ। एनआरएनए मलेसियाको आगामी निर्वाचन, अधिवेसनका लागी अहिलेसम्म ४५५१ जना नेपालीले आधिकारिक रुपमा सदस्यता लिएका छन।





















