मेयर बालेनलाई मेयर हर्क साम्पाङ् भन्छ्न: ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं ।’

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिनुभएको छ। आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाए पछि चलेको मुद्धामा तारिख बोकिरहनुभएका मेयर शाहलाई धरानका मेयरले ढाडस दिनुभएको हो ।

अदालतले आफूलाई अपराधी बनाएको भन्दै शाहले उहाँले आइतबार् साँझ ट्वीट गरे पछि साम्पाहाङले ‘नडराउनु’ भन्दै साथ दिने प्रतिबद्धता जनाउनुभएको हो। काठमाडौंका मेयर शाहले आइतबार अदालतको तारिख पर्चा साँझ लेख्नुभएको थियो,

‘आज एउटा विशेष दिन,

आजबाट म तारिखमा छु,

भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै ,

प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा ।

म आजबाट अपराधी ।’

त्यसको जवाफमा धरानका मेयर साम्पाहाङले ट्वीटरमा जवाफ दिदैँ लेख्नुभयो,

‘नडराउनुस् नबिराउनुस्
हजुरको साथमा म छु, हामी छौं ।’