मलेसियाको नदीमा पौडी खेलिरहेका एकै परिवारका १० जना सदस्य बगे, मृत्यु अवस्थामा शव फेला।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको एक नदीमा पौडी खेलिरहेका परिवारका १० जना सदस्य बगेका छन् । पौडी खेलेको स्थानबाट २५ किलोमिटर मुनि सात जनाको शव भेटिएका एक जना वरिष्ठ प्रहरी अधिकारी दातोक माजली मजलानले बताएका छन् ।

गत शुक्रबार पूर्वीराज्य तेरेङ्गगानुको चुकाई जिल्लाको जङ्गलमा रहेको जेराम मावारमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा चारदेखि ४० वर्षको उमेर समूहका मानिसले ज्यान गुमाएका छन् ।

स्थानीय प्रहरी प्रमुख हान्यान रामलानका अनुसार नदीले बगाएर ज्यान गुमाएका नौ जना एकै परिवारका सदस्य र एक जना विवाहका निम्ति निर्धारण गरिएकी कन्या थिइन् । तीन मिटरसम्म पानीको बहाव बढेपछि पौडीमा रमाइरहेका उनीहरूलाई भेलले बगाएको थियो ।

उनीहरूले पानीको बहाव अचानक बढ्ने कल्पना पनि गरेका थिएनन् । ‘ट्र्याकर’ कुकुरको सहयोगमा विभिन्न निकायका दुई सय १० जना अधिकारीको अगुवाइमा बाँकी तीनजना पीडितको खोजी भइरहेको छ ।-(रासस/एएफपी)