मलेसियामा ईमानदार नेपाली: सपिङ मलमा झोलामा भेटाएको आरएम १८ हजार झोला धनीलाईनै फिर्ता दिए।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियाको एवान डिलाईट मलेसिया एसडिएन बिएचडी नामक सुपरमार्केट, सपिङ मलमा (Aeon Delight (Malaysia) Sdn Bhd) मा काम गर्ने एक नेपाली श्रमिकले मलेसियन रिंगेट आरएम १८ हजार सहितको झोला सम्बन्धित झोला धनीलाईनै फिर्ता गरिदिएपछि यतिखेर मलेसियाभर चर्चामा छाएका छ्न।

मलेसियामा आएर सरसफाइ क्लिनरको काम गर्दै आएका नेपाली श्रमिक राम अकवाल मण्डलले यहाँको वाङ्सामाजु, क्वालालम्पुरमा अवस्थित एवान मार्केटमा रहेको खुला पार्किङमा मलको ट्रलीमा झोलाभित्र आरएम १८००० (नेपाली रु.५ लाख) नगद र सवारी लाइसेन्स , राष्ट्रिय परिचयपत्र लगायत अन्य थुप्रै व्यक्तिगत कागजातहरू भएको झोला फेला पारेका थिए।

मण्डलले नगदले भरिएको उक्त झोला इमानदारीताको साथ ग्राहक सेवा काउन्टरमा हस्तान्तरण गरेको केहि घण्टापछि एक स्थानीय महिलाले झोलालाई ट्रलीमा छोडेको दाबी गर्न आएपछि झोलाको मूल मालिक सो महिलालाई सुरक्षित रूपमा फिर्ता गरिएको छ ।

ती महिलाले झोलामा रहेको नगद सहित सबै समान सुरक्षित  रहेको बताइन् र रामलाई उनको इमान्दारीताको लागि मुरि मुरी धन्यवाद दिइन्। रामको इमान्दारीपनले त्यहाँ काम गर्ने सबै नेपाली श्रमिकहरुको कद उच्च भएको छ ।

साथै एवान मार्केटको म्यनेजर लगायतले पनि रामको इमान्दार र भरपर्दो मनोवृत्तिको लागि कृतज्ञताको प्रतीकको रूपमा रहेको वर्णन गरे । ग्राहकले पनि राम एकवल मण्डललाई इमान्दार र विश्वासयोग्य कर्मचारीको रूपमा मान्यता दिई अवार्ड दिन कम्पनीलाई अनुरोध गरे र सोही अनुरुप मण्डललाई सम्मान गरे ।

advertise