मलेसियामा सुत्यासुत्यै अवस्थामा मृत्यु भएका मयालाल परियारको शव नेपाल पठाइँदै।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रोजगारीमा आएर मृत्य भएका एक नेपाली श्रमिकको शव मलेसिया स्थित नेपाली दूतावासको सहयोग, समन्वयमा नेपाल् फर्किने भएको छ।

आज भन्दा बिगत ८ बर्ष पहिले एक म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्न आएका नेपाल ठेगाना जुम्ला हिमा गाउँपालिकामा पर्ने देवर गाउँका मयालाल परियार रोजगारदाता कम्पनी छाडेर भागेर पछिल्लो समय अवैधानिक हैसियतमा एक सेक्युरिटी कम्पनीसंग आवद्ध भैइ सुरक्षागार्डमा काम गर्दै आएका थिए। परियारको यहीँ जुन महिनाको गत शुक्रबार २३ तारिख राती सुत्यासुत्यै अवस्थामा मृत्यु भएको थियो ।

लगत्तै बिहान पल्ट संगै काम गर्ने र बस्ने साथीहरुले परियारको मृत्यु भैईसकेको थाहा पाएपछि घटनास्थलमा स्थानीय प्रहरी आएर पोस्टमार्टमको लागि मृतकको शवलाई स्थानीय क्वालालम्पुर अस्पतालमा पुर्याएका थिए।

दूतावासको द्धितिय सचिव तथा सूचना अधिकारी प्रेम बुढथापाले दिइएको जानकारी अनुसार परियारको पोस्टमार्टम रिपोर्टमा ग्यास्ट्रिकको कारण पेट भित्रको आन्द्रा फुटेर रक्तस्राव भएर मृत्यु भएको रिपोर्टमा देखिएको जानकारी दिए।

द्धितिय सचिव तथा सूचना अधिकारी बुढथापाले जानकारी दिए अनुसार मृतक परियारको शव यहीँ जुन ३० तारिख आउँदो शुक्रवारको दिन मलेसियन एयरलाइन्समार्फत नेपाल फर्काउने सम्पुर्ण तयारी पूरा भएको बताए।

ADVERTISE