मलेसियामा मृत्यु भएका मृतक नरेशको परिवारलाई ११ लाख बढी आर्थिक सहयोग प्रदान।

बातुपहात (मलेसिया):= जिएस समाज सेवा युवा क्लब मलेसियाले मलेसिया रोजगारीमै रहेको क्रममा मृत्यु भएको एक मृतक नेपाली श्रमिकको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

रौतहट जिल्ला यमुनामाइ गाउँपालिका वडा नं ०४ सरुअठामा घर भइ रोजगारीको सिलसिलामा विगत करिब ५ बर्ष देखि मलेसियाको जोहर राज्यमा रहेको ओरेन्ज सोङ्गलिन इन्डसट्रिअल एसडिएन बिएचडी (Orange (Songlin) industrial Sdn. Bhd.) कम्पनी मा कार्यरत बर्ष २४ का मृतक नरेश रामको परिवारलाई विभिन्न सहयोगीदाताबाट आर्थिक संकलन गरेर सहयोग गरिएको रकम हस्तान्तरण गरिएको हो।

जि_एस_समाज_सेवा_युवा_क्लब, मलेसियाको सक्रियतामा संकलित आर्थिक सहयोग रकम रु. ११,४५,८८०/- (एघार लाख पैंतालीस हजार आठ सय असी रुपैया) परिवारलाई हस्तान्तरण सम्पन्न गरेको क्लबका प्रमुख सल्लाहकार राम बहादुर परियारले जानकारी दिनुभयो ।

मृतक नरेश राम मलेसियामै कार्यरत रहेकै बेला छात्तीमा समस्याका कारण गत २३ मार्च २०२३ का दिन मलेसियामा अस्पतालमा उपचारकै क्रममा असामयिक मृत्यु भएको थियो।
उक्त सहयोग रकम मिति 26/05/2023 शुक्रबार का दिन यमुनामाइ गाउँ पालिका वडा नं ०४ स्थित मृतक नरेश रामको घरमा जि. एस. समाज सेवा क्लबका उपाध्यक्ष बिजय_जैसवाल तथा उपाध्यक्ष मिथुन_बिराजीको नेतृत्वमा सोही वडाका वडा अध्यक्ष अश्वीनी कुमार यादवको अध्यक्षतामा एक अौपचारिक कार्यक्रम गरि नरेश राम का बुबा माधो राम तथा आमा मिना कुमारी राम को हातमा जस्ताको तस्तै हस्तान्तरण गरिएको थियो।

आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ रौतहट जिल्ला अध्यक्ष प्रेम चन्द्र झा, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य शैलेन्द्र झा, लगायत विभिन्न मिडियाकर्मी, स्थानीय समाजसेवी बुद्धिजीवी एवम् जि. एस. समाज का सदस्य हरु विनेश जैसवाल, भुवन कार्की लगायतको उपस्थिति रहेको थियो।

मृतक नरेश रामको परिवार को सहयोगार्थ जि. एस. समाज सेवा युवा क्लब, मलेसिया को नेतृत्वमा सञ्चालित आर्थिक सहयोग संकलन अभियान मार्फत निम्न बमोजिम आर्थिक संकलन भएको थियो।

#व्यक्तिगत_सहयोग।
👉️ जिमिल H2 होस्टलबाट आरएम : ६५०५
👉️ सोङ्लिन होस्टलबाट आरएम : ६०४५
👉️ अोरेन्ज होस्टलबाट आरएम : ८२३१
👉️ बुलुबेरी होस्टलबाट आरएम : ५८५०
👉️ वाण्डीङ होस्टलबाट आरएम : ३४०५
👉️ बाहिर बस्ने रुमबाट आरएम : २६४५

#डोनेशन_बक्स_मार्फत।
👉️जिमिल कम्पनी “ए” बाट आरएम १४३९
👉️जिमिल कम्पनी “बि” बाट आरएम : १२१३
👉️अोरेन्ज कम्पनीबाट आरएम २७८५
👉️बुलुबेरी कम्पनी बाट आरएम : ९६३
👉️सोङलिन कम्पनीबाट आरएम : २५४

#अन्य_सहयोग।
👉️ श्रद्धाञ्जली शोक सभामा दान रकमबाट आरएम: २०५

#जम्मा संकलित रकम आरएम : ३९५८५ रिंगेट मात्रै ।
अर्थात नेपाली रकम रु.११,४५,८८०/- (एघार लाख पैंतालीस हजार आठ सय असी रुपैयाँ )