वैदेशिक रोजगार विभागको काम, सेवा प्रभाव ताहाचलबाट।

काठमाडौं:= बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय ताहाचलमा सारिने भएको छ । जेठ २१ गतेदेखि आंशिकरूपमा र असार १ गतेदेखि पूर्णरूपमा ताहाचलबाट सेवा प्रवाह गरिने विभागले जनाएको छ । ताहाचलमा रहेको श्रम कार्यालय परिसरभित्रैबाट विभागले सेवा प्रवाह गर्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

हालसम्म विभागले काठमाडांैको बुद्धनगरमा रहेको हिमालयन सीमापार व्यापार भवनको घर भाडामा लिई सेवा दिँदै आएको छ तर हालको ठाउँ सेवा प्रवाहका लागि सानो भएकाले समस्या भइरहेको छ । विभागमा दैनिक सयौँको संख्यामा सेवा लिन आउनेका लागि पार्किङसमेत समस्या रहेको छ ।