सरकारको चुरे संरक्षण नीति : बचाउने बहानामा कटान गरेर सिध्याउने खेल।

{"caption":"u0932u0932u093fu0924u092au0941u0930u0915u094b u0928u0932u094du0932u0941u0938u094du0925u093fu0924 u0935u0928 u0915u094du0937u0947u0924u094du0930u092eu093e u0930u094bu0921u093eu2013u0922u0941u0902u0917u093e u0909u0926u094du092fu094bu0917u0932u0947 u0921u093eu0901u0921u0948 u0916u093eu0930u0947u0930 u0917u0930u0947u0915u094b u0909u0924u094du0916u0928u0928 u0964 u0924u0938u094du092cu093fu0930 : u0915u093fu0930u0923 u092au093eu0923u094du0921u0947/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

काठमाडौं:= चुरे संरक्षण गर्ने वा चुरे सिध्याउने भन्ने विषयमा सरकारको भूमिका अस्पष्ट देखिएको छ । चुरेको संरक्षण र विनाश दुवै नीति देखाएको सरकारले ‘संरक्षण नीति’ देखाउन मात्रै बनाएको विश्लेषण चुरे विज्ञहरूले गरेका छन् । फलतः सरकारको ध्यान यसको विनाशीकरणमा मात्रै केन्द्रित रहेको उनीहरूको बुझाइ छ ।

‘सरकारले चुरेको संरक्षण गर्ने पनि भनेको छ अनि यसको उत्खनन गरी निकासी गर्ने पनि भनेको छ,’ ६ वर्षअघि चुरे संरक्षणको गुरुयोजना निर्माणका लागि बनेको समितिका संयोजक डा. विनोद भट्ट भन्छन्,’ चुरे संरक्षणको नीति देखाउने मात्रै हो, सरकारको ध्यान चुरे सिध्याउने नै हो ।’

केही दिनअघि सरकारले आफ्नो नीति तथा कार्यक्रममा नेपालको ढुंगा, गिट्टी बालुवा भारत निकासी गर्ने उल्लेख गरेको थियो । नीति तथा कार्यक्रमको ४२ र ६१ नम्बर बुँदाले नेपालको चुरेलाई भारतमा बेच्ने सरकारी दाउका रूपमा चुरे विज्ञहरूले बुझेका छन् ।

नेपालको चुरे उत्खनन गरेर निकासी गर्ने योजना भनेकै भारतमा बिक्री गर्ने लक्ष्य रहेको उनीहरूको दावी छ । सरकारले सोही नीति तथा कार्यक्रमको बुँदालाई टेकेर गत १५ गते बजेट भाषणमार्फत अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालको ढुंगा गिट्टी बालुवा निर्यात गरिनेु उल्लेख गरे ।

बजेटमा उल्लिखित यो विषयले नेपालको चुरेलाई ध्वस्त पार्ने खतरा झनै बढेर गएको चुरे विज्ञ डा. विजय सिंहको विश्लेषण छ । यो समाचार नागरिक दैनिकमा छ ।