लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी) छाड्ने पक्का।

एजेन्सी := विश्व चर्चित अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी) छाड्ने पक्का भएको छ ।

मेस्सीले यो सिजनमा मात्रै पीएसजीको लागि खेल्ने र त्यसपछि अन्यत्रै जाने क्लबले पुष्टि गरेको छ । पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले लियोनल मेस्सी पीएसजीमा यसै सिजनसम्म मात्रै रहने बताएका बीबीसीले जनाएको छ ।

मेस्सी जस्तो फुटबलको इतिहासमा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिने सुअवसर पाएकोमा आफू धेरै खुसी रहेको पनि उनले बताएका छन् ।

मेसी सन् २०२१ जुलाईमा फ्रि ट्रान्सफरमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । ३५ वर्षीय मेसीले यस सिजनपछि क्लब छाड्ने चर्चा थियो ।