गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपतिबाट रेशम चौधरीले पाए आममाफी।

काठमाडौं := नागरिक उन्मुक्ति पार्टीका संरक्षक थरुहट नेता एवम् पुर्व साँसद रेशमलाल चौधरीले आम माफी पाएका छन् । मन्त्रिपरिषदको सिफारिसमा चौधरीलाई गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका हुन्।

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा सोमबारदेखि लागु हुने गरी चौधरीसहित ४७५ जना र ज्येष्ठ नागरिक ७ जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘