कानुन बनाएर नीतिगत रुपमै नेपालको चुरे क्षेत्र भारतलाई बेच्ने तयारी।

kmf]6f] M ut cfly{s jif{ b]lv gljs/0f gul/ cj}w 3f]if0ff ul/Psf qm;/ pBf]ux? ;/sf/n] ;+rfng ug]{ km's'jf klg u/]sf] 5}g eg] Jojj;foLx?n] klg jGb u/]sf 5}gg . o;} cj;/df lu66L / jfn'jfsf] d'No / 9'jfgLdf Jofks j[l4 ePsf]5 . t:jL/ M xl/x/l;+x /f7f}/÷sflGtk'/

काठमाडौं := सरकारले कानुन बनाएर नीतिगत रुपमै नेपालको चुरे भारतलाई बेच्ने तयारी थालेको छ। सरकारले ऐन बनाएर चुरे भारतलाई सुम्पने तयारी गरेको दाबी जानकारहरुको छ ।

सरकारको नीति तथा कार्यक्रमको ४२ र ६१ नम्बर बुँदामा नदीजन्य ढुंगा, गिटी, बालुवा उत्खनन गरी निर्यात गर्ने उल्लेख छ। सरकारको नीति तथा कार्यक्रममा यी दुई बुँदा चुरे भारतलाई बिक्री गर्ने प्रमुख उद्देश्यका रुपमा राखेको चुरेका जानकार अथ्र्याउँछन् ।

चुरेका जानकार डा. विजय सिंहका अनुसार उल्लिखित दुई बुँदाको उद्देश्य नेपालको चुरे भारतलाई बेच्न सहज वातावरण बनाउनु हो । सिंहले सरकारले ऐन ल्याएरै चुरे भारतलाई बेच्ने खतरा भएको बताए ।

नेपालको ढुंगा, बालुवा भारतलाई बिक्री गर्ने गलत निर्णय सरकारले गर्दैछ, ‘उनले भने, यसरी बेचिने भनेको चुरे नै हो, चुरेलाई ऐन बनाएर बेच्ने दाउमा सरकार छ ।’ गत वर्ष पनि नेपालको ढुंगा बालुवा भारतलाई बिक्री गर्न सहज हुनेगरी सरकारले नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन भएन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।