काठमाडौं := नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको छ। प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिएको अभियोगपत्रमा ३० अभियुक्तका ४३ प्रमाण उल्लेख गरिएको छ। जसमा प्रहरीसमक्ष जाहेरवालाले बुझाएका फुटेजदेखि, बैंक भौचर र चेकसम्म प्रमाणका रूपमा छन् ।
यस्तै, अभियुक्तका मोबाइलमा भेटिएका म्यासेज, उनीहरूबाट बरामद कागजात र आर्थिक लेनदेनका विषयसम्म प्रमाणका रूपमा छन्। जिल्ला सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा उनीहरूलाई विभिन्न पाँच कसुरमा मुद्दा अघि बढाउन राय दिइएको छ। उनीहरूमाथि ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।