अभिनेता आदित्यका रुमबाट ‘शंकास्पद औषधी’ भेटियो, छानविन हुँदैछ: मुम्बई प्रहरी।

मुम्बई := बलिउड अभिनेता तथा मोडल आदित्य सिंह राजपुतको पोस्टमार्टम सम्पन्न भएको छ। पोष्टमार्टममा संलग्न डाक्टरले उनको मृत्युको कारण देखाउने रिपोर्ट भने अझै गोप्य राखेका छन, उनले त्यो रिर्पोट सार्वजनिक गर्न तत्कालका लागि अस्विकार गरेका छन् ।

तर, मृतक राजपुतको भिसेराको नमूना फरेन्सिक परीक्षणका लागि पठाइएको छ । उनको निवासबाट केही औषधि पनि बरामद भएको छ, जसलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पोष्टमार्टम सम्पन्न भएसँगै अभिनेता राजपुतको शव उनको परिवारलाई हस्तान्तरण गरिएको छ। उनको ओशिवारा श्मशान स्थलमा उनको अन्तिम संस्कार गरिएको मुम्बई पुलिसले जनाएको छ ।

उनका साथीहरुले उनलाई मे २१ मा मृत अवस्थामा उनको अपार्टमेन्टमा भेटेका थिए । त्यसपछि बिभिन्न अडकालबाजीका बिचमा उनको मृत्यु शंकास्पद मान्दै आईएको छ ।