मलेसियामा नेपाली ब्यावसायी समाजसेवी खेम धामी हापा अवार्ड- २०२३ बाट सम्मानित।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा आयोजित मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्ड- २०२३ मलेसिया सिरिजबाट एक सफल नेपाली ब्यावसायी र समाजसेवी युवा खेम धामी सम्मानित भएका छन।

हापा र टेलर्स युनिभर्सिटीद्वारा आयोजित एक अवार्ड कार्यक्रममा ( HOSPITALITY AND BEST TOURISM PERSONALITY AWARD – 2023 ) बाट धामीलाई सम्मानित गरिएको हो।

सुदूरपश्चिम नेपालको डोटी जिल्लामा सन् १९८८ मा जन्मिएका ३५ बर्षिय खेम धामी आजभन्दा करिब दुई दर्शकअघि एउटा सानो सपना बोकेर केएल अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियामा पाइला टेकेका उर्जाशील युवा हुन्। काठमाडौंमा होटल म्यानेजमेन्ट पढिरहेकै बेला एकवर्षे कोर्षका लागि सन् २००७ सालमा मलेसिया आएको धामी उनी पहिलोपटक मलेसिया प्रयोगात्मक कक्षाका लागि आएकाे बताए।

पहिले सुरुमा आउँदा एक वर्ष अध्यनको लागि मलेसिया बसेको बताउँछन् उनी। कलेजमार्फत् आएका उनले विभिन्न होटलमा काम सिके। मलेसियाको व्यवसायिक धरातललाई नजिकबाट चिन्ने अवसर प्राप्त गरे। त्यसपछि उनी नेपाल फर्के। मलेसिया व्यवसाय गर्नेहरूका लागि अवसरको खानी ठान्छन्, धामी। धामीले काठमाडौंमा एउटा कन्सलटेन्सी खोले अनि नेपालमा होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई इन्ट्रसिभको लागि मलेसिया पठाउन थाले।

त्यस् पश्चात् पुनः मलेसियामा आएर नेपाली ब्राण्डलाई धामीले मलेसियामा सन् २०१४ मा ‘ट्याङकुलीटी स्पा एण्ड वाइलनेस’को नामले ब्राण्ड स्थापना गरे। त्यो पनि पुत्राजायामा चेन मेरियट जस्तो स्टार होटलमा। धामीले नेपाली ब्राण्डलाई मलेसियामा उतारेर नेपाल र नेपालीहरूको शिर उच्च पारेका छन्।

धामीले पछिल्लो समय नेपाली खाना परिकारको स्वादसहितको रेष्टुरेन्ट ब्यावसायलाई समेत अगाडि बढाइरहेका छ्न। नेपाली रेष्टुरेन्ट ब्यावसायलाई नेपाली कामदारहरु काम गर्ने र जम्काभेट हुने ठाउँ र कम्पनीतिर मात्रै नभैइ नेपालीसंगै विदेशी पर्यटक घुम्न आउने मलेसियाको शहरी क्षेत्रमा पनि फैलाउने उदेश्य सहित अगाडि बढिरहेका छ्न खेम धामी।