एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी हापा अवार्ड-२०२३ बाट सम्मानित।

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्ड-२०२३ बाट सम्मानित भएका छन ।

हालै केहि दिन पहिले मलेसियामा आयोजित एक कार्यक्रमका बीच एनआरएनए मलेसियाका सचिव एवम् रक क्याफे एन्ड बार,रक बटम एन्ड बार र ओलिभ किचन एन्ड बारका सिनियर मेनेजर अधिकारीलाई मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्डबाट सम्मानित गरिएको हो ।

मलेसियाको हस्पिटालिटि क्षेत्रको सबैभन्दा ठुलो अवार्ड हाफा अवार्ड अधिकारीले मलेसियामा पर्यटन व्यवसायको पर्वर्दन र हस्पिटालिटि क्षेत्रमा गरेको विशेष योगदानको कदर गर्दै उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटि क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन ।

हाफाले हरेक बर्ष आयोजना गर्ने यस कार्यक्रमका लागी मलेसियाभरका होटल,रेस्टुरेन्ट,ट्राभल्स लगाएत हस्पिटालिटि क्षेत्रमा आबद्ध ब्यावसायीहरुले सहभागी जनाउने गरेका छन । हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै एनआरएनए मलेसियाका सचिव अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त भएकोमा असाध्यै खुशी लागिरहेको बताए।