सडक नाटक मञ्चन धेरै देखियो, भ्रष्टचारीलाई बाग्मतीमा चोपल्नुस: बालेन शाह।

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी बिरुद्धमा मुख खोलेका छन्।

उनले सांसद भएर पनि सडक आन्दोलनमा कराउँदै र भाषण गर्दै मिडियाबाजि गर्दै हिडिरहेका नेताहरुलाई लक्षित गर्दै भने,: भ्रष्टचार बिरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाएका छन्। ‘तपाईंहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कारवाही गर्नलाई हो, सिधै कारवाही गर्ने नीति बनाउनलाई हो।’

उनले फेसबुकमा लेखेका छन्:

‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ?
को नेता हो थाहा छ?
घर कहाँ हो थाहा छ?
सिधै लगेर बागमतीमा चोपाल्नुस्।
यस्तो सडक नाटक धेरै देखीसक्यैं हामीले।
पत्याउदिन म चाँही।  तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारवाही गर्नलाई हो, सिधै कारवाही गर्ने नीति बनाउनलाई हो।