काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाउनुभएकाे छ । एसीसी प्रिमियम कप क्रिक्रेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल विजय भएकोमा बधाई दिदै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पहल गर्नुपर्ने जनाउनुभएकाे हाे ।
‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भन्नुभएकाे छ, ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएकोमा समूह चरणका खेलहरू नेपालमा गराउन सरकारबाट पहल थालियोस् ।
प्रमको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस् । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुन सक्दछ।’नेपालले आज युइईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियम कपको बिजेता बनेको थियो ।



















