काठमाडौं := राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराएर स्वदेश फर्किनुभएको छ। राष्ट्रपति पौडेलको विभिन्न परीक्षण र उपचार पश्चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि भर्ना गरिएको थियो । उहाँलाई गत बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना चिकित्सकको टोली संलग्न थिए ।




















