काठमाडौं := नेपालको राजनीतिमा पछिल्लो समय व्यापक फेरबदल र् उतारचढाव भैइरहेको देखिन्छ । नेपालमा भरखरै सम्पन्न निर्वाचन र उपनिर्वाचनको परिणाम हेर्दा नेपाली जनता पुराना पार्टी र दलदेखी वाक्कदिक्क भैइसकेको प्रष्ट देखिन्छ।
संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको छ । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेसको एउटा सिट घटेको हो ।
यसअघि बिजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो ।
सो जीतसँगै रास्वपाले संघीय संसदमा एक सिट बढाएको छ ।रास्वपाको सिट बढेर २१ पुगेको छ, ८९ वाट १ घटेर ८८ मा सिमित हुन पुगेको छ ।




















